नेप्से ६२ अंकले उकालो, कारोबार ९ अर्ब पार गर्दै

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६२.५४ अङ्कले वृद्धि भई २७३८.०६ बिन्दुमा पुगेको छ। साताको पहिलो दिन नेप्सेमा २ करोड २४ लाखभन्दा बढी कित्ता सेयरको कारोबार हुँदै ९ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको हो।

यसअघि, गत बुधबार नेप्से सूचक १.८८ अङ्कले घटेर २६७५.५१ बिन्दुमा बन्द भएको थियो, र त्यस दिन १ करोड १६ लाख कित्ता सेयरको कारोबारका साथ ५ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको थियो।

आइतबार बजारको सूचकसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ। गुराँस लघुवित्त, सृजर्नशील लघुवित्त, र सुपर म्यादी हाइड्रोपावरका लगानीकर्ताहरूले यस दिन १० प्रतिशतसम्म नाफा कमाए, भने कारोबारका आधारमा सानिमा जीआईसी इन्स्योरेन्स ३८ करोड रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रह्यो।

तपाईको प्रतिक्रिया