नेप्से ८.८४ अंकले घट्यो, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ — आजको सेयर बजारमा नेप्से परिसूचक ८.८४ अंकले घटेर २६६१.८६ विन्दुमा कायम भएको छ। यो गिरावट शून्य दशमलव ३३ प्रतिशतको हो।

आजको कारोबारमा ८८ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १५७ कम्पनीको मूल्यमा गिरावट आएको छ। एक कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

कुल ५४ हजार ३६१ पटकको कारोबारमार्फत १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर किनबेच भएका छन्। आजको सेयर कारोबार रकम ६ अर्ब २८ करोड २ लाख ९६ हजार रुपैयाँ पुगेको छ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सबैभन्दा धेरै १० प्रतिशतको वृद्धि देखिएको छ। त्यसैगरी, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स ९.९८ प्रतिशत, त्रिशुली जलविद्युत् कम्पनी ५.७८ प्रतिशत, एनआबीएल स्टेबल फन्ड ५.२२ प्रतिशत, र राधी जलविद्युत् कम्पनीको मूल्य ४.७६ प्रतिशतले बढेको छ।

तपाईको प्रतिक्रिया