न्डियन प्रिमियर लिग (आइपीएल) मा राजस्थान रोयल्सले पहिलो जित

काठमाडौं: इन्डियन प्रिमियर लिग (आइपीएल) मा राजस्थान रोयल्सले आफ्नो पहिलो जित दर्ता गरेको छ। राजस्थानले चेन्नई सुपर किङ्सलाई ६ रनको नजिकैको जितमा पराजित गरेको हो।

गुहाटीको बार्सापारा क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको राजस्थान रोयल्सले २० ओभरमा ९ विकेट गुमाउँदै १८२ रन बनाएको थियो।

चेन्नईले १८३ रनको लक्ष्य पछ्याउँदै २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन जोड्न सक्यो। चेन्नईका कप्तान ऋतुराज गायकवर्डले ४४ बलमा ७ चौका र १ छक्कासहित ६३ रनको अर्धशतकीय पारी खेल्नु भयो।

चेन्नईका अन्य खेलाडीहरूमा ओपनर रचिन रविन्द्र डक आउट भएपछि राहुल त्रिपाठीले २३ रन बनाए। शिवम दुबेले १८ रन र महेन्द्र सिंह धोनीले १६ रन जोडे। रविन्द्र जडेजा ३२ रन र जेमी ओवरटन ११ रनमा नटआउट रहे।

राजस्थान रोयल्सको बलिङमा वानिन्दु हसरङ्गाले सर्वाधिक ४ विकेट लिए भने सन्दीप शर्मा र जोफ्रा आर्चरले १-१ विकेट लिएका थिए।

त्यसअघि, ब्याटिङ गरेको राजस्थान रोयल्सका लागि नितिश राणाले ८१ रनको उत्कृष्ट पारी खेल्नु भयो। उनले ३६ बलमा १० चौका र ५ छक्का प्रहार गरे। यसस्वी जैसवाल ४ रनमा आउट हुँदा सन्जु स्यामसनले २० रन बनाए। कप्तान रियान परागले ३७ रन बनाउँदा सिम्रोन हेटमायरले १९ रन बनाए। अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

चेन्नईका बलिङतर्फ खलिल अहमद, नुर अहमद र माथिसा पाथिरानाले समान २-२ विकेट लिएका थिए, जबकि रविन्द्र जडेजा र रविचरण आश्विनले १-१ विकेट लिए।

यो चेनईको दोस्रो हार हो। पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको चेनईले दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग ५० रनले पराजय भोगेको थियो।

राजस्थान रोयल्सले भने यसअघिका दुई खेलमा हार भोगेको थियो। पहिलो खेलमा सनराइजर्स हैदराबादसँग ४४ रनले हार्दा दोस्रो खेलमा कोलकता नाइट राइडर्ससँग ८ विकेटले पराजय भोगेको थियो।

तपाईको प्रतिक्रिया