न्युकासलको शीर्ष चारमा प्रवेशको दाबी

काठमाडौँ — न्युकासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार वेस्ट ह्यामलाई १–० ले हराउँदै शीर्ष चारको दाबी प्रस्तुत गरेको छ। खेलको एक मात्र गोल ब्रुनो गुइमारेसले दोस्रो हाफमा गरेका थिए।

यो जितसँगै न्युकासल ४७ अंकका साथ छैटौं स्थानमा रहँदा, चौथो स्थानमा रहेको चेल्सीसँग मात्र दुई अंकको दूरी रहेको छ। साथै, पाँचौं स्थानमा रहेको म्यानचेस्टर सिटीसँग पनि न्युकासलको अंक समान छ।

न्युकासलले यस जितसँगै आइतबारको लिगकप फाइनलको तयारी पनि गरिरहेको छ। वेम्बलीमा हुने खेलमा न्युकासलको सामना लिभरपुलसँग हुनेछ।

यसैबीच, स्पेनी ला लिगामा सोमबार भएको खेलमा इस्पानयोल र जिरोनाले १–१ को बराबरी खेले। यस्तै, इटालीको सिरी ए मा लाजियो र युडिनेजीले पनि १–१ को बराबरी खेल्दा खेल समाप्त भएको छ।

तपाईको प्रतिक्रिया