न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

काठमाडौं। दक्षिण अफ्रिकालाई हराएर न्युजिल्याण्ड च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा पुगेको छ। पाकिस्तानको लाहोरमा बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई ५० रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३६२ रन बनायो। यसमा रचिन रविन्द्रले १०८ र केन विलियम्सनले १०२ रनको योगदान दिए।

जवाफमा ३६३ रनको ठूलो लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाएर ३१२ रन मात्र बनाउन सक्यो। दक्षिण अफ्रिकाका डेभिड मिलरले नटआउट १०० रन बनाएका भएपनि टोलीलाई जित दिलाउन सकेनन्।

न्युजिल्याण्डले आइतवार दुबईमा हुने फाइनल खेलमा भारतको सामना गर्नेछ। पहिलो सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। समूह चरणमा भारतले न्युजिल्याण्डलाई हराएको थियो।

तपाईको प्रतिक्रिया