पम्फा भुसालले पूर्वराजालाई राजनीति गर्ने इच्छा भए दल खोल्न सुझाइन्

फाइल तस्बिर।

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्न चाहने भए आफ्नै पार्टी खोल्न सल्लाह दिएकी छन्।

शुक्रबार समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा भुसालले भनिन्, “यदि राजनीति गर्ने चाहना छ भने आफैंले दल खोल्नुस् वा कुनै राजावादी दलको अध्यक्ष बनेर राजनीतिमा प्रवेश गर्नुस्।”

उनीले थपे, “यदि जितेर दुईतिहाइ ल्याउनुभयो भने हामी कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको रूपमा तपाईंलाई स्वीकार्नेछौं।”

साथै, उनले सत्तामा पुग्ने दिवास्वप्न नदेख्न पनि शाहलाई चुनौती दिएकी छन्। भुसालले सरकारलाई सच्चिन आग्रह गर्दै सन्देश पनि दिइन्।

तपाईको प्रतिक्रिया