परराष्ट्रमन्त्री डा. आरजु राणा युएनस्केपको ८१औं सत्रको अध्यक्षता गर्न बैंकक प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१औं सत्रमा सहभागी हुन आइतबार थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेकी छन्।

अप्रिल २१ देखि २५ तारिखसम्म बैंककमा आयोजना हुने युएनस्केपको सत्रमा नेपाल हाल अध्यक्ष राष्ट्र रहेकोले मन्त्री डा. राणाले सत्रको अध्यक्षता गर्नेछिन्। उनले सो सत्रमा नेपालका तर्फबाट सम्बोधन पनि गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसपटकको सत्रको मुख्य विषयवस्तु “एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग” रहेको छ।

परराष्ट्रमन्त्री राणाको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा थाइल्याण्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित छन्।

तपाईको प्रतिक्रिया