पाँचखालका इँटा उद्योग बन्द गर्न सर्वोच्चद्वारा आदेश

काभ्रेपलाञ्चोक । सर्वोच्च अदालतले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाभित्र सञ्चालनमा रहेका इँटा उद्योगहरू बन्द गर्न आदेश दिएको छ।

अदालतले ती इँटाभट्टाहरूले वातावरण र जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याएको ठहर गर्दै तत्काल बन्द गर्न निर्देशन दिएको हो।
स्थानीयवासीहरूले पाँचखाल नगरपालिका, वन तथा वातावरण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभागलगायतलाई विपक्षी बनाउँदै २०७६ पुस १४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

वर्तमानमा पाँचखाल नगर क्षेत्रमा आठवटा इँटाभट्टा सञ्चालनमा रहेका छन्।


इँटाभट्टा बन्दसम्बन्धी सर्वोच्चको आदेशसँगै पाँचखाल नगरपालिकाले वातावरणीय संरक्षणमा प्रतिबद्धता जनाउँदै सुधारात्मक नीति ल्याउने जनाएको छ।
नगरपालिकाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै वातावरण सम्बन्धी नीति निर्माण प्रक्रियामा रहेको र उद्योगहरूलाई वातावरणमैत्री बनाउँदै अघि बढाइने स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया