पाँच रुपैयाँका नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौं — नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका १० लाख थान नयाँ नोट बजारमा ल्याएको छ। राष्ट्र बैंकका अनुसार नम्बर ४५०००००१ देखि भ १८९९९९९९ सम्मका नोटहरू चलनमा ल्याइएका हुन्। यी नोटहरू पुरानै आकार र रङमा छापिएका छन्।

नयाँ नोटको अगाडिको भागमा बायाँपट्टि सगरमाथाको चित्र र दायाँपट्टि लालिगुराँसको पानी छाप देखिन्छ। सो नोटमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने, तल्लो किनारमा विक्रम संवत २०८१ उल्लेख गरिएको छ।

नोटको पछिल्लो भागमा भने माथिल्लो भागमा अंग्रेजीमा “Nepal Rastra Bank” लेखिएको छ। मध्यभागमा जंगली याक र हुम्लाको लिमी क्षेत्रका हिमालहरूको चित्र राखिएको छ।

तपाईको प्रतिक्रिया