पार्टी प्यालेसबाट १४ लाख चोराइ गर्ने दुई जना पक्राउ

पोखरा-८ सिर्जनाचोक स्थित साईमन पार्टी प्यालेसको कार्यालयबाट १४ लाख ७४ हजार रुपैयाँ चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ।

रुपन्देहीका ईश्वर श्रेष्ठ र स्याङजाकी पूजा श्रेष्ठलाई गत ११ माघमा चोरीको घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनीहरूसँग चोरी गरिएको १२ लाख ५२ हजार रुपैयाँ पनि बरामद गरिएको कास्कीका डिएसपी बसन्त शर्माले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया