पूर्वप्रदेशप्रमुख अहिराज माथि बलात्कारको आरोप, प्रहरी अनुसन्धानमा

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रदेशप्रमुख राजेश झा (अहिराज)माथि प्रहरीले अनुसन्धान थालेको छ। एक युवतीले बलात्कारको आरोप लगाउँदै उजुरी दिएको आधारमा उनीमाथि अनुसन्धान अघि बढाइएको हो।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले उजुरीको आधारमा अनुसन्धान अघि बढाइएको पुष्टि गरेका छन्।

“एक युवतीको उजुरीका आधारमा अनुसन्धान सुरु गरेका छौँ,” एसपी बोहराले भने, “हाल घटनाबारे विवरण संकलन भइरहेको छ।”

प्रहरीले घटनासम्बन्धी विवरण लिने कार्य प्रारम्भ गरिसकेको र आवश्यक प्रक्रिया अनुसार अनुसन्धान अघि बढाइने जनाएको छ।

तपाईको प्रतिक्रिया