प्रतिनिधिसभा बैठक चलिरहँदा बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेको छ। संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक चलिरहेको समयमा बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्न थालेको हो।

प्रतिनिधिसभामा माओवादी केन्द्र र अन्य विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोध गर्दै बैठकमा अवरोध गरिरहेका छन्।

तपाईको प्रतिक्रिया