प्रतिनिधि सभा बैठक समय २ बजे

काठमाडौँ। बिहीबार बिहान ११ बजे तय भएको प्रतिनिधि सभाको बैठक अब २ बजे बस्ने भएको छ। सभामुख देवराज घिमिरे र प्रमुख दलका सचेतकहरूसँग अवरोध हटाउने विषयमा भएको छलफल नमिल्दा बैठकको समय परिवर्तन गरिएको हो।

प्रतिपक्षले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने कारणबारे सरकारले जवाफ दिनुपर्ने अडान कायम राखेको छ। यता, सरकार पक्षले भने एक जना कर्मचारीको विषयमा जवाफ दिन आवश्यक नभएको कुरा दोहोर्याउँदै आएको छ।

तपाईको प्रतिक्रिया