प्रधानमन्त्री ओलीद्वारा भरतपुरको ६ लेन सडक उद्घाटन

चितवन — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगर हुँदै जाने ६ लेन सडक खण्डको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक उद्घाटन गरेका छन्।

नारायणगढ पुलचोकदेखि गोन्द्राङसम्मको करिब ६ किलोमिटर दूरीको सडक विस्तार कार्य ४७ महिनामा पूरा भएको हो। यसअघि प्रधानमन्त्री रहेका बेला नै ओलीले २०७७ साल माघ १७ गते भरतपुर विमानस्थल आडमा आयोजित कार्यक्रममा सडक विस्तारको शिलान्यास गरेका थिए।

शिलान्यासका बेला २७ महिनाभित्र काम सक्ने लक्ष्य राखिएको थियो। तर, कोरोना महामारीलगायतका विविध कारणले काममा ढिलाइ हुँदै २० महिना ढिला भई पुस महिनाको अन्त्यमा मात्र कार्य सम्पन्न भएको हो।

भरतपुर डिभिजन सडक कार्यालयका प्रमुख नारायणप्रसाद लामिछानेका अनुसार १ अर्ब १३ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको यस परियोजना चितवनका लागि महत्वपूर्ण पूर्वाधार बन्न पुगेको छ।

उद्घाटन कार्यक्रम पनि शिलान्यासकै स्थानमा आयोजना गरिएको थियो।

तपाईको प्रतिक्रिया