प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूरा साथ छ: देउवा

फाइल तस्बिर।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसको पूर्ण समर्थन रहेको बताएका छन्।

मंगलबार बालुवाटारमा आयोजित सुजाता कोइरालाले लेखेको ‘म र मेरो सानोबुवा’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै देउवाले प्रधानमन्त्री ओलीलाई पार्टीको सुदृढ साथ रहेको स्पष्ट पारे।

सभापति देउवाले भने, “हामी जेलमा पनि सँगै बसेका थियौं, हाम्रो सम्बन्ध राम्रो छ।” उनले थपे, “प्रधानमन्त्री ओलीलाई कांग्रेसको तर्फबाट पूर्ण समर्थन र सहयोग प्राप्त छ।”

असार १७ गतेको ७ बुँदे सहमतिका आधारमा प्रधानमन्त्री ओली असार ३० गते नियुक्त भएको उल्लेख गर्दै देउवाले ओलीलाई भविष्यमा पनि कांग्रेसको समर्थन रहने बताएका छन्।

फरक प्रसंगमा, सभापति देउवाले गिरिजाप्रसाद कोइरालाले आफूलाई पार्टीबाट निकालेपछि आफैले अर्को पार्टी खोलेको अनुभव सुनाए। उनले कांग्रेस (प्रजातान्त्रिक) पार्टी खोले पनि केही वर्षमा नेपाली कांग्रेससँग विलीन भएको बताएका छन्।

तपाईको प्रतिक्रिया