प्रधानमन्त्री ओली: थाइल्याण्डसँग संस्कृति, पर्यटन, शिक्षा, र ऊर्जा क्षेत्रहरूमा सहकार्य विस्तार हुनेछ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र थाइल्याण्डबीचको द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्। थाइल्याण्डको औपचारिक भ्रमणको क्रममा, बैंककमा रहेको प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्रासँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा यस्तो भनाइ व्यक्त गरे।

उनले नेपालको होटल उद्योग र हवाई सेवाजस्ता पर्यटन क्षेत्रहरूमा थाइल्याण्डको लगानी र व्यापारले आगामी दिनहरूमा प्राथमिकता पाउने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री ओलीले नेपाल र थाइल्याण्डबीचको ६५ वर्षको कूटनीतिक सम्बन्ध र जनतासम्मको सम्बन्धलाई अझ प्रगाढ बनाउन आवश्यक छलफल भएको बताए।

“नेपाल र थाइल्याण्डबीच कृषि, व्यापार, पर्यटन, र संस्कृतिको एक गहिरो सम्बन्ध रहेको छ। थाइल्याण्डका लगानीकर्तालाई नेपालमा लगानीका लागि आमन्त्रित गर्दछु,” प्रधानमन्त्री ओलीले भने। उनले थपे, “नेपाल र थाइल्याण्डको व्यापार र पर्यटनको सम्बन्ध बलियो रहेको छ र अब हामी जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय मुद्दामा सहकार्य गर्नेछौँ।”

अन्त्यमा, प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री शिनावात्रालाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिएका छन् र छिट्टै नेपाल भ्रमण गर्ने आशा पनि व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया