प्रधानमन्त्री ओली: सानो उत्पादन होइन, ठूलो उत्पादन गरेर मात्र विदेश निर्यात गर्नुपर्छ

फाइल तस्बिर।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा उत्पादन वृद्धि गरेर मात्र विदेश निर्यातमा वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल चेम्बर अफ कमर्स एक्पोको कार्यक्रममा बोल्दै उनले सानो परिमाणमा उत्पादन गरेर विदेश निर्यात गर्नुको कुनै अर्थ नरहेको र त्यसका लागि उत्पादन वृद्धि आवश्यक भएको बताए। उनले भने, “सानो उत्पादन पर्याप्त छैन, ठूलो उत्पादन गर्नुपर्नेछ। हामीले उत्पादन गर्न सक्नुपर्छ र कुन वस्तु कहाँ बिक्री हुन्छ भनेर पहिचान गर्नुपर्नेछ, त्यसपछि मात्र त्यो स्थानमा पठाउन सकिन्छ।” साथै, उनले किमाथान्कामा पुल बनेपछि चीनतर्फ निर्यात गर्ने सम्भावनाबारे पनि चर्चा गरे।

तपाईको प्रतिक्रिया