प्रधानमन्त्री कपमा बागमतीको दमदार प्रदर्शन, कर्णालीलाई ५८ रनले हरायो

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले चौथो जित दर्ता गरेको छ। बाँया हाते पेसर रिजन ढकाल र बाँया हाते स्पिनर सूर्य तामाङको शानदार बलिङको मद्दतले कर्णालीलाई ५८ रनमै अलआउट गर्यो।

लमहीस्थित देउखुरी क्रिकेट रंगशालामा कर्णालीले दिएको ५९ रनको सामान्य लक्ष्य बागमतीले १ विकेट गुमाउँदै मात्र ६.३ ओभरमा पूरा गर्यो।

बागमतीका ओपनर ब्याटर इशान पाण्डेले सर्वाधिक २२ रन बनाउँदै क्याच आउट भए। उनले ११ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए।

अर्का ओपनर आशुतोष घिरौया १९ रन र शुभ कंसाकार १६ रनमा अविजित रहे। कर्णालीका लागि एक मात्र विकेट दिपेन्द्र रावतले लिए।

यसअघि, ब्याटिङ गरेका कर्णालीको टोली ५८ रनमा अलआउट भएको हो, जसमा सुनिल धमलाले सर्वाधिक १५ रन बनाए। सुनिल बाहेक अन्य कुनै पनि ब्याटर दोहोरो अंकमा रन बनाउन असफल भए।

बागमतीका लागि बलिङतर्फ रिजन ढकालले ८.१ ओभर बलिङ गर्दै १ मेडनसहित १९ रन खर्चे। सूर्य तामाङले ७ ओभरमा २ मेडनसहित १७ रन खर्चेर ४ विकेट लिए।

यो बागमतीको चौथो जित हो भने कर्णालीको चौथो हार हो। बागमतीले ८ खेल खेलेको छ, जसमा ४ जित र ४ हार बेहोरेको छ। त्यस्तै, कर्णाली पनि ८ अंकमा रहेको छ, जसले ८ खेल खेल्दै ४ जित र ४ हारको अवस्था पाएको छ।

तपाईको प्रतिक्रिया