प्रधानमन्त्री केपी ओलीले १८ चैतमा संसदमा जवाफ दिने

काठमाडौँ: कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार, प्रधानमन्त्री केपी ओलीले १८ चैतमा संसदमा जवाफ दिने प्रस्ताव गरेका छन्।

घिमिरेका अनुसार, प्रधानमन्त्रीले कुलमान घिसिङसँग सम्बन्धित विषयसहित अन्य विषयमा संसदमा जवाफ दिने प्रस्ताव गरेका हुन्।

प्रतिपक्षी दलका नेताहरू समाजवादी मोर्चाको आन्दोलनमा सहभागी भएको अवस्थामा, प्रधानमन्त्रीले यसको बारेमा सल्लाह गरेर जवाफ दिने बताएका छन्। यस कारणले प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ।

तपाईको प्रतिक्रिया