प्रमुख प्रशिक्षक एक हप्ताभित्र नियुक्त गर्ने तयारी क्यानको

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षक आगामी एक हप्ताभित्र नियुक्त गर्ने तयारी गरेको छ। क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार ७० जना आवेदन मध्ये १० जनालाई सर्टलिस्ट गरिएको छ र अहिले अन्तरवार्ता प्रक्रिया चलिरहेको छ, अन्नपूर्ण पोष्टलाई जानकारी दिँदै उनले भने, “हामी १० जनाको अन्तरवार्ता लिइरहेका छौं, एक हप्ताभित्र प्रमुख प्रशिक्षक नियुक्त गरिनेछ।”

क्यानले वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै केही पुराना प्रशिक्षकहरूले पुनः आवेदन दिएका थिए, जसमा दुई पूर्व प्रशिक्षकहरू पनि रहेको जानकारी दिइएको छ।

तर, क्यानले यसबारे भने स्पष्ट गरेको छैन कि पूर्व प्रशिक्षकलाई पुनः नियुक्ति गरिने हो वा नयाँ प्रशिक्षक नियुक्त हुने हो।

तपाईको प्रतिक्रिया