मुलुकका विभिन्न भाग यतिबेला डढेलो र आगलागीको चपेटाले आक्रान्त छन् । यस्ता विभिन्न प्राकृतिक विपद्हरू हामीकहाँ आइरहन्छन् । हामीले सकेसम्म यिनको स्थायी समाधान खोज्ने बाटो अबलम्वन गर्नुपर्छ । यसमा तत्कालका लागि उद्दार, राहत, पुनःबसोवासको व्यवस्था गर्नुपर्छ ।
सबैभन्दा महत्वपूर्ण कुराचाहिँ हामीले स्वास्थ्य क्षेत्रमा ‘निरोगी नेपाल’ लाई मूल नीति भनेजस्तै यसमा पनि हामीले प्राकृतिक विपत्तिमुक्त नेपाल बनाउने प्रयास गर्नु पर्छ । विपत्तिमुक्त भन्नुको अर्थ त्यसबाट क्षति नहुने स्थिति बनाउने हो । मान्छे वनचरबाट सुरक्षित रहने । भुइँचालो जाँदा पनि केही नहुने । तलतल घस्रिने, माथि घरचाहिँ केही पनि नहुने । अलिअलि मात्रै हल्लिन्छ तर तलतल घस्रिन्छ । जमिन घस्रिए पनि घरचाहिँ केही पनि हुँदैन । गगनचुम्बी घर बनाएर बसेको जात हो मान्छे । त्यसकारण भुइँचालोबाट पनि सुरक्षित रहन सक्छ । मान्छेले आगलागी हुनै नदिने प्रबन्ध गर्न सक्छ । बाढी आउँनै नदिने प्रबन्ध गर्न सक्छ ।
वर्षा हुन्छ । वर्षायाममा खोलामा बढी आउँछ । पानी पर्ने वर्षे सिजन हो । ड्राई सिजन पनि हुन्छ । तर, त्यसको रोकथाम पहिले नै राम्ररी गरिएको हुन्छ । पहिलो कुरा हामीले नेपाललाई सुरक्षित कसरी बनाउने भन्नेतिर सोच्नु पर्छ । प्राकृतिक विपत्तिमुक्त नेपालको नारा हामीले कसरी क्वाइन गर्ने ? त्यो क्वाइन गर्न जरुरी छ । सुरक्षित नेपाल भन्नाले यो फेरि प्रतिरक्षासँग जोडिएला । हामीले भन्न खोजेको सुरक्षाचाहिँ प्राकृतिक विपत्तिहरुबाट हो । यसलाई कसरी परिभाषित गर्ने भन्ने कुरामा विचार गरेर एउटा स्लोगन हामीले तयार गर्नुपर्छ ।
यसलाई हामीले सजिलोगरी सुरक्षित नेपाल भन्न हुन्थ्यो । तर, त्यसका चारवटा आयाम हुन्छन् । प्रतिरक्षा सम्बन्धी, सुरक्षा सम्बन्धी, सामाजिक सुरक्षा सम्बन्धी र प्राकृतिक विपत्तिबाट सुरक्षा सम्बन्धी । सुरक्षासम्बन्धी विभिन्न आयामहरु छन् । तर ‘यो प्राकृतिक विपत्तीबाट हो है’ भन्ने कुरामा जोड दिनुपर्छ । यो प्राकृतिक विपत्तिबाट सुरक्षासम्बन्धी कुरामा हामीले राष्ट्रिय नाराका साथ जानु वाञ्छनीय हुन्छ । विभिन्न क्षेत्रमा हामीले उपयुक्त नाराहरु दिएका छौँ । त्यसैगरी यसलाई पनि दिन सकिन्छ । यसो गर्दाखेरी पहिलो कुरा, हामीले मुख्य रुपमा ‘प्रिभेन्सन’, ‘प्रोटेक्सन’ तिर जानुपर्छ । नत्र भने यो ‘पुनर्दरिद्रः पुनःरेव पापी’ भनेको जस्तो यो सर्कल जहिले पनि आइरहन्छ । सधैँ आपत, सधैँ विपत् र सधैँ रेस्क्यु, सधैँ रिलिफ, सधैँ निर्माण । अहिले यही मात्रै भइराखेको छ ।
त्यसकारण जबसम्म हामी रेस्क्यु, रिलिफको आवश्यकता पर्ने अवस्थाबाट मुक्त हुन सक्दैनौं, तबसम्म त्यो जारी राख्नु प¥यो । रेस्क्यु र रिलिफ उपलब्ध गराउन नपर्ने खालको स्थिति हामीले बनाउनु प¥यो । जस्तो अहिले आगलागीको कुरा छ । आगो आफैं लाग्छ भन्नेमा त्यति विश्वास गर्न सकिँदैन । तर, यो परमसत्य हो । यो सृष्टिमा प्रकृतिले यस्तो बनाएको छ कि समय–समयमा त्यसले विनाश गरिराख्नु पर्छ । समय–समयमा त्यसले सिर्जना गरिराख्नु पर्छ ।
सिर्जना र विनाशको शृंखला रुखहरु बूढो भएर, झारपातहरु बूढो भएर मर्ने मात्रै कुरा होइन । प्रकृतिले कहिले कहिले आफँै लागो लाग्छ । जब सुकेका काठहरु रगडिन्छन्, त्यसबाट बहुत छिटै आगो निस्किन्छ । हामीले यस्सो छेस्का रगड्दा त आगो निस्किन्छ । पहिले–पहिले पण्डितजीहरुले यज्ञ गर्दा छेस्का रगडेर, दाउरा रगडेर आगो निकाल्ने गरेका थिए । छिटोछिटो रगड्दा तात्दै जाँदा कहिले–कहिले आगो निस्कन्छ । मोही पार्दा मदानी रगडिएर तातेको बेला धुवाँ निस्केको पनि हामीले देखेका छौँ ।
सुकेका ठूलाठूला मुढाहरुलाई हावाले रगड्छ । त्यहाँ साधारण मदानी घुमाएको जस्तो मात्र होइन, असाधारण घर्षण हुन्छ । बहुतै शक्तिका साथ घर्षण हुन्छ । त्यो यसरी तात्छ कि त्यहाँ आगो निस्किन्छ । त्यसकारण प्राकृतिक हिसाबले आगजनी हुँदैन भन्ने कुरा होइन । तर, अहिलेको सिजन चाहिँ प्राकृतिक हिसाबले आगजनी हुने खालको होइन । त्यस्तो असाध्यै तापक्रम बढिसकेको र यति धेरै ठाउँमा एकसाथ आगलागी हुनु चाहिँ प्राकृतिक नभएर मानिसकै कारण भएको हुनसक्छ । यसमा सावधान हुनुपर्ने देखिन्छ ।
वनसम्बन्धी हाम्रा सुरक्षाका निकायहरु छन् । त्यहाँ रेन्जर होलान्, फरेस्टर होलान् अरु सेक्युरिटी होला । जसले सुरक्षा गर्ने हो, उसले कसरी गरिरहेको छ, के भइराखेको छ भनेर खोजी हुनुपर्छ ।
आगोले तत्काल नटिप्ने वस्ति संरचना
कतिपय ठाउँमा बच्चाबच्ची यत्तिकै खेल्दाखेल्दै आगलागी हुन्छ । तिनीहरुलाई सम्झाउने–बुझाउने बाहेक कानूनी कारबाही केही हुने कुरा भएन । उनीहरुलाई घर र स्कूलहरुमा सचेत गराउन आवश्यक छ । मुख्य कुरा जनतालाई पनि सचेत गराउने काम गर्नु पर्दछ । सिजन आउन थालेपछि एकपटक सचेतना अभियान चलाइनु पर्दछ । आगलागीको सिजन आउन लाग्यो भने त्यसको ठीक अगाडि आगलागी सम्बन्धी सचेतना अभियान, बाढीको सिजन आउन लाग्यो भने बाढीसम्बन्धी सचेतना अभियान, आँधिहुरीको सिजन छ भने आँधीहुरी सम्बन्धी सचेतना अभियान चलाउनु जरुरी छ ।
विस्तारै हामी अब गाउँवस्तीमा फुसका घरहरु र खरका छानाहरुबाट पक्की घरहरु निर्माणतिर गइरहेका छौँ । यस्सो ढड्डा लगाएर फुसका छाना छाप्रा बनाइएका छन् । कहिले–कहिले तरकारी पकाउँदा तेलबाट आगो हुर्ररर लाग्छ र त्यसबाट छाप्रोमा सल्किएपछि सबै वस्ती सखाप हुन्छ । त्यस्तोमा हामीले फुसका छाना पूरै विस्थापित गर्ने अभियान चलाएका छौँ र यसलाई अझ तीव्र अभियानका रुपमा लिएर जानु पर्दछ । फुसका छाना, खरका छाना चाहिँ अब राख्दै नराख्ने हाम्रो नीति छ । खरका घर हुँदैहुँदैन । त्यसले वस्तीहरुमा आगो लाग्नबाट जोगाउन सकिन्छ ।
त्यसपछि हामीले ग्यासबाट हुने दुर्घटना अथवा बिजुली सट आदि जस्ता कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । यी कुराहरुलाई हामीले ध्यान दियौं भने घरवस्तीमा लाग्ने आगलागीलाई हटाउन सकिन्छ । फुसका छाना र त्यसबाटै हो धेरै नोक्सान हुने । घरभित्र पनि खानेकुरा केही नहुने । ओढ्ने, ओछ्याउने कपडा केही पनि नहुने, त्यस्ता घरहरु छन् । विनासित्ती एउटा छाप्रो जलेपछि फेरि अर्कोलाई पनि समस्या पैदा हुन्छ । त्यसकारण ती कुराहरुलाई हामीले पूरै विस्थापित गर्ने बाटो नै समाउनु पर्छ र कम्तिमा पनि टिनको छानो बनाउनु पर्छ । टिनको छानो बनाउनका लागि पनि भिन्न प्रविधि अपनाउनु पर्छ । त्यसकारण जनता आवास कार्यक्रममार्फत टिनका छानाले फुस वा खरका छाना विस्थापित गर्ने अभियान हामीले चलाएका छौँ ।
कहिले–कहिले प्राकृतिक हिसाबले पनि डढेलो लाग्छ । त्यो फेरि सुकेका बखतमा लाग्छ । कहिले–कहिले धेरै सुक्न नपाउँदा पनि लाग्छ । सुकेको ठाउँमा पानी परिरहेको छैन भने त हावा चल्दा घर्षणले आगो निस्किहाल्छ । त्यसले डढेलो लाग्न सक्छ । त्यसका लागि हामीले अलिकति विधिहरु अपनाउनु पर्ला कि । सम्भव भएका ठाउँहरुमा हामीले पोखरीहरु बनाउने, फायरलाइनहरुका पाइपहरु राख्ने र फाउन्टेनको तरिकाबाट पानी लगेर आगलागी हुनासाथ चलाइदिने स्थिति बनाइदियो भने त्यसले उडाएर जानेलाई त्यहीँ निभाइदिन्छ । कतिपय ठाउँमा त्यस्तो गर्दा पनि प्रोटेक्सन होला । कतिपय ठाउँमा पम्पिङ गर्दा माथि पानी जान्छ र त्यहाँबाट केही गर्न सकिन्छ भने त्यो गर्नुपर्ला ।
अरु हामीले केही विधिहरु पनि अबलम्वन गर्नुपर्ला कि ? जस्तै ठाउँठाउँमा कसमेकम हरेक पालिकामा एक पोखरी बनाउन सकिन्छ । मैले पहिलो कार्यकालमा यो नारा दिएको थिएँ । हरेक पालिकामा एक हेलिप्याड, एक पोखरी । तर, अझै पनि त्यो अगाडि बढिराखेको छैन । हेलिप्याड पनि हामीले अनिवार्य रुपमा बनाउनु प¥यो र पोखरी पनि बनाउनु प¥यो ।
हामीले हेलिकप्टरको कुरा गरेका छौं । प्लेनबाट अलिकति बढ्तै खर्च हुने र टाँढैबाट जानु पर्ने हुन्छ । हेलिकप्टरले त्यहीँको पानी पनि उभाउन सक्छ । माथि उडिउडिकन पनि तल पाइप झारेर त्यहाँबाट पानी पुल गर्न सक्छ, राख्न सक्छ । त्यो प्रविधिबाट पानी तान्ने प्रविधि हामीले लिन सक्छौं । त्यहाँ हेलिकप्टर राखेर पाइप राखेर पानी माथि तान्ने गर्न पनि सकिन्छ । त्यसकारण ‘हरेक ठाउँमा हेलिप्याड, हरेक ठाउँमा पोखरी’ भनेका हौँ । कसमेसकम पालिकामा एउटा पोखरी र एउटा हेलिप्याड आवश्यक छ । अनेक हिसाबले हामीलाई यो उपयुक्त हुन्छ । जमिनबाट आगो निभाउने प्रबन्ध, आकाशबाट आगो निभाउने, दुईवटै प्रबन्ध हामीले गर्न जरुरी छ । आगलागीका सम्बन्धमा यी हाम्रा कुरा भए । यसमा हामी तयारी गर्छौं ।
दशवर्षे योजना बनाऔँ
हामी एउटा दश वर्षे योजना बनाऔं । दश वर्षले पुग्दैन भने बाह्र वर्षे बनाऔं । तर, वि.सं २०८८÷२०९० सम्ममा हामी हाम्रा नदीहरु नियन्त्रण गरिसक्छौं । त्योमाथि अबको जमानामा अनियन्त्रित र सधैँ नोक्सान पारिरहने खालको हुनु हुँदैन । नदीहरुबाट बाँध निकाल्ने ठाउँमा बाँध निकालौंला, प्रोटेक्सन गर्ने ठाउँमा प्रोटेक्सन गरेर नदीहरुलाई नियन्त्रण गर्ने कुराको मास्टर्स प्लान (गुरुयोजना) बनाऔं, त्यो हुन सक्छ ।
हामी पाँचै वर्षमा नसकौंला, तर राख्दाखेरी कमसेकम दश वर्षको प्लान राखौं । दश वर्षभित्र हाम्रा नदीहरु नियन्त्रण गरिसक्ने, असुरक्षित वस्तीहरुलाई सुरक्षित ठाउँमा सार्ने, डुवान हुन नदिने, ठूल्ठूला पुलहरु बनाउने, जहाँबाट खोलमा पानी बग्न सकोस् । अत्यधिक पानी परेको बेला, अत्यधिक वर्षा भएको बेलामा बेजोड बहाव पनि नरोकियोस् र त्यो आफ्नो खोचमा चाहिँ बगिरहोस् । त्यसका लागि हामीले ठूल्ठूला कल्र्भटहरु, ठूल्ठूला पुलहरु निर्माण गर्ने र त्यसमा पानी रोकिने कुरा नहोस् भन्ने कुरालाई ध्यान दिनु पर्छ ।
वहावमा हुने व्यवधानले, बाटो बनाउँदाको कारणले, बाँध निर्माणका कारणले कुनै पनि कारणले नदीलाई मिच्दै लगेर, खोलालाई मिच्दै लगेर सानोसानो पारेको हुन्छ । अनि पानी अट्दैन र ओभरफ्लो हुन्छ । त्यो ओभरफ्लो हुन नसकोस् । उसको आवश्यक क्षेत्र छोडेर काम गर्ने गर्नुपर्छ । यसरी पुल, कल्भर्ट, बाँध, बाटो वा उसको बहावको क्षेत्र हामीले अतिक्रमण गर्नु हुँदैन । वास्तवमा उसको अधिकारको क्षेत्र हो, उ त बग्न बाध्य हुन्छ नि नअट्नेगरी । उसलाई रोक्न खाज्नेगरी व्यवधान खडा गरिएपछि त दायाँवायाँ वस्तीलाई असर पुग्छ । त्यसकारण त्यो स्थिति हुन नदिने कुरामा हामीले ध्यान दिनु पर्दछ ।
हामीले भारतसँग कुरा गरेर पूर्वी तराईमा खासगरी नेपालगञ्जको राप्तीभन्दा यता संयुक्त सर्भेक्षण पनि गरेका छौँ र कतिपय ठाउँमा पुलहरु, कल्भर्टहरु पनि बनाइएको छ । रिप्लेस पनि गरिएको छ, खोलिएको पनि छ । जसले गर्दा गत वर्ष त्यत्रो पानी पर्दा पनि डुवानको समस्या झेल्नु परेन । किनभने हामीले थुप्रै ठाउँमा त्यसप्रकारका प्रबन्ध गरेका थियौं ।
अर्को कुरा म भन्न चाहन्छु, अब भारतसँग गर्ने कुराकानीलाई पनि हामीले गम्भिरतापूर्वक ‘टु द पोइन्ट’ अगाडि बढाऔं । पहिले एकपटक ग¥यौं, त्यसपछि बाँकी रह्यो । त्यो बाँकी रहेपछि बाँकीको बाँकी रहेको होला सायद । तदारुकताका साथ हामीले त्यस्तो कुरालाई समाधान गर्नु पर्छ । हामीलाई समस्या परिराखेको छ, हामीलाई नोक्सान परिराखेको छ । सार्थक ढंगले कुरा गर्ने र बाँध बाँधेका कारणले हुने डुबान वा अरु पनि समस्या होस् । हाम्रो कारणले होस् वा भारतको कारणले । हाम्रो कारणले भएको भए हामी आफँैले सल्ट्याउनु प¥यो । भारतको कारणले हो भने हामीले भारतसँग कुरा गरेर सल्ट्याउनु प¥यो ।
हामीले कमसेकम १० वर्षभित्र सबै नदीहरुको उचित तटबन्ध निर्माण गर्नु पर्छ । अहिले यदि नारायणघाटबाट अलिकति परसम्मको दुम्कीवाससम्म अलि परसम्म तटबन्ध ग¥यौं भने त्यो फेरि चुरेतिर पस्छ र त्यहाँ फेरि समस्या हुन थाल्छ । यो क्षेत्रमा हामीले फेरि तटबन्ध ग¥यौं भने फेरि त्यहाँ हाम्रो स्टिमरलाई पनि सजिलो हुन्छ । बाढीले समस्या पनि नपार्ने, कटानको समस्या पनि नहोस्, । खाली त्रिवेणीतिर निस्किन पर्ने त्यसको बाध्यता भएको हुनाले त्यो त बाध्यता छ नारायणी नदीको । त्रिवेणीबाट उतै निस्किन पर्नेछ । त्यो बाध्यताले गर्दा उ यता घुमेर, उता घुमेर फेरि सिँगुटीन बाध्य छ । यस्ता अरु थुप्रै नदीहरु छन् । कन्काइ नदी भयो, कमला भयो, कोशी भयो, कर्णाली नदी भयो । धार बदलेर त्यत्रो बनाइसकेको छ, त्यसले अत्यन्तै ठूलो क्षेत्र लिएको छ ।
नदीको धार परिवर्तन अथवा अघि मैले उल्लेख गरेजस्तै सानो मात्र ठाउँ पायो भने ओभरफ्लो हुन बाध्य हुन्छ । बाढीका बेला पानी असाध्यै धेरै आउँछ । त्यस्तोमा नदीले बाटो बदल्ने हो । त्यस्तो गर्दा गाउँ, सहर, खेत डुबाइदिन सक्छ । त्यसकारण अप्रत्याशित केही घन्टाभित्र हुने वर्षा र बाढीको कारणले र धार परिवर्तनले जनताको ठूलो क्षति हुन सक्छ । त्यसकारण नदी नियत्रन्ण तुरुन्तै गर्नुपर्ने आवश्यकता छ । सँगसँगै हामीले जलाधार क्षेत्रको संरक्षण र त्यसको यथोचित ढंगको विकास गर्नु पर्ने छ । जलाधार क्षेत्रलाई पनि हामीले ध्यान दिएनौं भने गाह्रो हुन्छ ।
मलाई नै गाह्रो भयो
आगलागी भयो, वातावरण विग्रियो, आँखा पिरो भयो, पोल्यो, छाती दुख्यो भन्ने मात्र कुरा होइन । मेरो नै छाती दुखेर झण्डैझण्डै हिँड्नै नसक्ने खालको स्थिति बन्यो । स्वासै फेर्न अप्ठ्यारो हुने खालको । अहिले मौसम सफा भएर स्वास फेर्न पनि अलिक सजिलो भएको छ । नत्र हिजो (२५ गते) मलाई नै अप्ठ्यारो परिसकेको थियो ।
यो अप्ठ्यारो यहाँ केही दिनका लागि मात्रै होइन । यो आगलागीबाट आएको धुँवासँग खरानी पनि हुन्छ । खरानीमा एउटा अम्लिय तत्व हुन्छ । दोस्रो त्यसमा चुना हुन्छ । तेस्रो त्यसमा अमिलोपन र चुना हुन्छ । युरोपमा हामी देख्छौं हिमालमा हिउँ पगाल्नका लागि छर्कर्ने नुन । नुन छर्किएपछि हिमाल पग्लिन्छ, हिउँ पग्लिन्छ भनेर । हाम्रोमा त क्रमशः यो हावा खरानीको धुलो विस्तारै–विस्तारै त्यहाँ जानेछ र माटोमा परिणत हुन्छ । पानी माटोमा प¥यो भने माटो मलिन हुन्छ । हावामा परेर हिमालमा गयो भने हिमालका लागि, हिउँका लागि मलिन हुन्छ । त्यसले हिउँलाई त कटाइहाल्छ ।
हिउँ हिमालमा अड्नै सक्दैन । हिउँ अड्नै सकेन भने रिचार्ज सिस्टम खत्तम हुन्छ । क्रमशः हिउँ पग्लिंदै गएर त्यो चट्टान फुट्दै जाने हो । पहाड रसिलो हुने, चट्टान रसिलो हुने आद्रपनलाई नै समाप्त पार्छ र त्यसपछि मुलहरु सुक्दै जान्छन् । हिउँ नभएपछि हिमालको तापक्रम घट्छ । हिउँ नभएपछि हिमालको तापक्रम घट्ने हो । अब तापक्रम घटेपछि नेचुरल लार्जेस्ट कुलिङ सेन्टर जुन हो, त्यसको प्रभावकारीता कम भएपछि तापक्रम बढ्ने हो । ग्लोबल वार्मिङ सिस्टमलाई त्यसले समस्या ल्याउँछ । किनभने कुलिङ सेन्टर नै हाम्रो निस्क्रिय हुन्छ । हाम्रा पहाडहरु सबैभन्दा ठूला कुलिङ सेन्टर हुन् । ती कुलिङ सेन्टरमा नकारात्मक असर परिसकेपछि यसले प्रतिकूल असर पार्छ र हावालाई आवश्यक मात्रामा चिसो बनाउन सक्दैन । हिउँ नहुँदा अल्टिट्युटमा त्यति चिसो भइसकेको हुँदैन । यसले मरुभूमीकरण गराउँछ । रिजार्च सिस्टमलाई यसले धक्का पु¥याउँछ । त्यसकारण ग्लोबल्ली यो बहुतै सिरियस कुरा हो । एकपटक त्यस्तो भएपछि त्यसले चेनइफेक्ट गर्छ । अरु थुप्रै कुराहरुमा असर गर्छ ।
हामीले ६२ प्रतिशत हाम्रो भूभाग वातावरणका लागि छुट्याएका छौं । इकोसिस्टमका लागि छुट्याएका छौं । १७ प्रतिशत हिमाल, ४५ प्रतिशत वन । तर, त्यही वनमा आगलागी भएर त्यहीँबाट चुना, एसिड, साल्ट उडेर जाने र हिमालमा ठोक्किने, अनि त्यसबाट हिमालको हिउँ सबै पगाल्दिने अवस्था छ ।
ठूला पात र लामा जरा भएका वनस्पति
हाम्रोमै हिमाल छ, हाम्रोमै आगलागी हुन्छ । यहीँबाट एसिडिक धुवाँले, हावाले त्यो एसिडिक खरानी लिएर जान्छ । त्यो खरानी हिमालमा गएर बहुतै खतरनाक हुन्छ । त्यसैले वातावरणीय प्रश्न यसमा जोडिएको छ र एकछिनको समस्याभन्दा यो धेरै गम्भीर समस्या हो । दीर्घकालीन समस्या हो ।
हामीले जलाधार क्षेत्रको सुरक्षामा ध्यान दिन जरुरी छ । वनलाई मासिन नदिने, हुर्कन दिने । भूगोल अनुसार, वातावरणअनुसार, यदि त्यसलाई संरक्षण गर्ने हो भने वन हुर्किन्छ । वनलाई हुर्किन दियो भने वन हुर्किन्छ । अर्कोचाहिँ त्यहाँको क्लाइमेट कस्तो छ, त्यस अनुसारका फलपूmलका विरुवाहरु रोप्ने । रोप्दाखेरी हामीले बढी हाँगा हुने, ठूलाठूला हरिया पात हुने, लामा जरा हुने, पतझर कम हुने विरुवाहरुको छनौट गर्नुपर्छ । जरा लामा हुनु प¥यो, धेरै लामा हाँगा हुनुप¥यो, झ्याम्म परेका रुख हुनुप¥यो, राम्राराम्रा हरिया पात हुनुपर्यो, कम पतझर हुनुप¥यो । यसको महत्वका बारेमा मैले भनिरहनु पर्छ जस्तो लाग्दैन । वातावरणका अनेक संस्थाहरु छन् । ती संस्थाहरुले गर्लान् ।
तर वातावरणका संस्थाहरु पनि कस्ता छन् भने फण्डिङ एजेन्सीका कार्यपत्र पढेर उठ्ने खालका छन् । तिनीहरु गहिरोसँग लागेको मैले धेरै पाएको छैन । एकदम सतही खालको धेरै देख्छु । वातावरण मेरो ज्ञानको विषय होइन । म जस्तोले नै गहिराइ नभएको देख्छु भनेपछि वातावरणको क्षेत्रमा हुने गोष्ठी–सेमिनारहरु त्यो गहिराइका साथ भइरहेका छैनन् । त्यसअनुसार नेपालले अन्तर्राष्ट्रिय फोरमहरुमा धेरै प्रश्न गर्न सकिरहेको छैन । जुन ध्यानकर्षण हामीले गर्नुपर्ने छ ।
दुई सय माइल बेगको हावा थेग्ने घर
अब हामीले तत्कालका लागि घरहरु कसरी बनाउने ? जस्तो नरैनापुरमा १ सय २० घर जले । पाँच लाखका दररेटमा बनाउँदाखेरी पनि लगभग ६ करोड नै होला । तर, प्रश्न ६ करोडको मात्रै होइन । त्यसले कति खरवौंको क्षति ग¥यो वा अपुरणीय क्षति ग¥यो । त्यो कुरा चाहिँ मुख्य हो ।
घरहरु बनाउँदा हामीले कसमेकम प्रतिघन्टा २ सय माइल वेगमा आउने वहने हावाहुरीसँग बच्न सक्ने खालको भवनहरु, संरचनाहरु बनाउनु पर्छ । ५०÷६० किलोमिटरका दरले हावा चल्न पाएको छैन, छानो उडिसकेको हुन्छ, झ्याल उडाइसकेको हुन्छ । त्यस्तो खालको होइन कि २ सय माइल प्रतिघन्टा हुँदाखेरी पनि केही नहुनेखालका त कमसेकम बनाउनु प¥यो । हाम्रोमा अहिलेसम्म अधिकतम २ सय माइल प्रतिघन्टाको वेगमा हावा बहेको छैन । कमसेकम ६५ वर्षदेखि त म अलिअलि जान्छु । गत ६५ वर्षदेखि मैले त्यस्तो देखेको छैन ।
ट्रोनाडो चाहिँ एउटा विशेष प्रकारको विशेष अवस्थामा आउने कुरा भयो । त्यस बाहेकका भन्ने हो भने नेपालका हावाहुरी ८० देखि १२० माइल प्रतिघन्टा भन्दा माथि गएको छैन । तर, १२० मा जाँदा १२० ले नै हामीलाई समाप्त पारिदिएको हुन्छ, उडाइदिएको हुन्छ । किनभने हाम्रोमा फुसका छानाहरु यसो अड्याइएका छानाहरु छन्, ती सबै उडाइदिन्छ । तसर्थ हामीले संरचनाहरु बनाउँदाखेरी पनि हावाहुरीले केही गर्न नसक्ने खालका बनाउन जरुरी छ । साधारण ओत लाग्ने मात्रै होइन । भुइँचालोको समस्या हुन सक्छ, आगलागीको समस्या हुन सक्छ, अथवा हावाहुरीको समस्या हुन सक्छ । हावाहुरी, आगलागी, भँुइचालो यी तीनवटै प्रकारका समस्याहरु हुन्, यसबाट जोगिने खालका बनाउनु प¥यो ।
कहिले–कहिले अप्रत्याशित अतिवृष्टि र अप्रत्याशित बाढी आउन सक्छ । यो प्रकृतिको अलिक भन्न सकिँदैन । त्यस्तो भएर यदि खोलाभन्दा सय वर्षका रेकर्ड तोड्दिन सक्छ, हजारौ वर्षका रेकर्ड तोड्दिन सक्छ । त्यसकारण त्यस्तो अवस्थामा आयो भने पनि त्यो साटसुट बगाएर लान नसकोस् भन्ने कुरालाई पनि ध्यानमा राख्ने र त्यो कुराको सम्भावनालाई ध्यानमा राखेर रिभर टे«डिङका कुराहरुदेखि लिएर हाम्रा संरचनाहरु बनाउनु जरुरी छ ।
अब पहिरो नियन्त्रण गर्नका लागि हामीले त्यसको सम्भावित ठाउँहरु अथवा त्यसका सम्बन्धित सरोकारवाला ठाउँहरुमा वृक्षारोपण गर्नु पर्छ । कहीँ एउटा पर्खाल लगाइदियो भने पहिरो जाँदैन, रोकिन्छ । पर्खाल लगाएर पहिरो रोक्ने र त्यसपछि पानी सोस्ने खालका जरा लामालामा भएका वृक्षहरु रोप्नुपर्छ । वृक्षहरु दुई प्रकारका हुन सक्छन् । पानी त्यहीँ सोस्ने र पानी तर्काउने । सल्लाघारीमा परेको पानी त्यो सल्लाघारीको अलिक पर फेदमा गएर हेर्ने हो भने सम्पूर्ण तल आइपुगेको हुन्छ । त्यो भित्र जमिनमा छिरेको हुँदैन । त्यसकारण त्यो जमिन सधै रुखो हुन्छ ।
सल्लो लगाउँदा कालो माटो थियो भने त्यसलाई सुख्खा बनाएर पकाएर रातो माटो बनाइदिन्छ । त्यस्तो नहुन पर्ने ठाउँहरुमा पनि सल्लोले त्यस्तो गरिदिएको हुन्छ । अरु कारणले पनि त्यस्तो भएको हुन्छ । कतिपय वृक्षहरुले त्यस्तो गर्दिएको हुन्छ । कतिपय ठाउँमा आमरुपमा पानी जमिनले त्यहीँ सोस्ने, पहिरो नजाने खालका ठाउँमा जमिनले त्यहीँ सोस्ने प्रबन्ध गर्नुपर्छ । पहिरो जाने खालका ठाउँहरुमा पानी सलल बगेर जाओस् भित्र नपसोस् भन्ने कुरालाई ध्यानमा राख्नु पर्छ ।
हामी विभिन्न ठाउँमा देख्छौं, विदेशतिर पनि देख्छौं । त्यसलाई अलिकति ड्रिलिङ गर्दै त्यहाँ सिमेन्ट जस्तो तत्व हाल्ने । त्यो जमिनलाई नै एकदम प्लास्टर गरेको जस्तै मजबुत बनाइदिन्छ त्यसले । त्यसप्रकारको प्रविधि पनि अपनाउनु पर्ने हुनसक्छ । त्यो धेरै समय लाग्दैन, थोरै समयमा त्यो मेटरियल लिएर जान्छ र ड्रिलिङ गरेर हालिदिएपछि त्यहाँको माटोलाई प्लास्टर गर्दिन्छ । त्यसो भएपछि त्यो बलियो हुन्छ । त्यसप्रकारका विधिहरु पनि हामीले अपनाउनु पर्छ ।
हामीले भूकम्पबाट जोगिनका लागि यसपटक केही प्रबन्ध ग¥यौं । भूकम्पबाट जोगिने प्रबन्धभन्दा पनि भूकम्पले क्षति नहुने घरहरु निर्माण गर्यौं । केहीलाई सुरक्षित वस्तीमा सार्यौं । अझै पनि भूकम्प आउँदाखेरी त्यसबाट जोगिने खालका घरहरु हाम्रा छैनन् । त्यसो भएर हामीले अलिक बलिया घरहरु बनाउने, भूकम्प सुरक्षित घरहरु बनाउने जस्ता कुराहरुमा आगामी दिनमा ध्यान दिनुपर्छ र जुनसुकै प्रकारका प्राकृतिक विपत्ति आए पनि त्यसले हामीलाई ठूलो क्षति गर्न नसकोस् भन्ने कुरामा हाम्रो दीर्घकालीन तयारी आवश्यक छ ।
हेलिकप्टरबाट पानी खन्याउने व्यवस्था
यी भए दीर्घकालीन तयारीका केही पक्षहरु । अब हामी तात्कालीन रुपमा गर्ने पनि केही काम गर्दै छौँ । हेलिकप्टर पनि ल्याउँदै छौं । ल्याउन जरुरी छ । खासगरी अघिपछि अरु प्रयोजनका लागि प्रयोग गर्न सकिने र आगलागीका बेला माथिबाट पानी छ्याप्न सकिने, फाल्न सकिने हेलिकप्टर । त्यसप्रकारका हेलिकप्टरहरु उपयोगी हुन्छन् ।
प्लेनचाहिँ बढी के हुन्छ भने एक ठाउँबाट लग्यो, फेरि त्यसलाई त टर्निङ लिन पूरा समय लाग्छ, धेरै ठाउँ लिनुपर्ने हुन्छ । उसले अडिएर, रोकिएर पनि कहिलेकहिले पानी खन्याउनु पर्ने हुन्छ । एक ठाउँमा अथवा सानो ठाउँमा खन्याउनु पर्ने होला । त्यहीँ बढी होला । प्लेनले त त्यस्तो गर्न सक्दैन । अलिकति स्लो मात्रै गर्न सक्ने हो । त्यसपछि त्यो त अगाडि बढिसक्छ । प्लेन फेरि फर्किएर आउँदा त्यो साह्रै महंगो प्रविधि हुन्छ । त्यसकारण सकेसम्म बरु हेलिकप्टरको संख्या बढाउने । हेलिकप्टरबाट गर्दा बढी सेफ हुन सक्छ र बढी काम हुन सक्छ । त्यो नजिकैको क्षेत्रमा त्यहीँ घुम्न, त्यहीँ आवश्यक तलसम्म ल्याउन, अप्ठ्यारा ठाउँमा पनि आवश्यक तलसम्म जान सक्छ । त्यसकारण हेलिकप्टर नै बढी उपयोगी होला भन्ने लाग्छ । त्यो प्राविधिकहरुले जान्ने कुरा हो ।
अब अहिलेको हकमा चाहिँ हामीले पुनःनिर्माणका कामलाई तत्कालै अगाडि बढाउनु पर्नेछ । नरैनापुर होस् कि अरु होस् कि त्यहाँ करिव तीन हजार घरधुरी क्षति भएको छ । लगभग तीन हजार घरहरु बनाउनु पर्नेछ । गृह मन्त्रालय अन्तर्गत यसमा दुईवटा कुरा गरेका छौं हामीले । यसको रेस्क्यु, रिलिफ अपरेशन गृह मन्त्रालय अन्तर्गतबाट गरेका छौं । पोलिसी मेकिङ र अरु कतिपय समग्र परिचालन गृहबाट गरेका छैनौं । सेनाको परिचालनको कुरा हुन्छ । वन, रक्षा मन्त्रालय, गृह मन्त्रालय, वातावरण मन्त्रालय, ऊर्जा मन्त्रालय, यी सबै मन्त्रालय पर्ने हुन्छ समग्रतामा । जस्तो यो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबारे दुविधा छ । यसमा अलिकति सोच्नु पर्नेछ । किनभने यो नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण हो । यो राष्ट्रिय परिषद्चाहिँ प्राधिकरण मातहत होइन ।
म के स्पष्ट गरौं भने राष्ट्रिय परिषद्चाहिँ सबैभन्दा माथिल्लो वडी हो । यसले पोलिसी डिसिजन लगायत समग्र मोविलाइज गर्न सक्छ । योचाहिँ सबैभन्दा माथिको हो । यसभन्दा मुनि अर्को समिति छ गृहमन्त्रीज्यूको नेतृत्वमा । त्यसले रेस्क्यु, रिलिफ आदि अपरेसनहरु सञ्चालन गर्छ । प्राधिकरण चाहिँँ त्यसका निम्ति सपोर्टिभ कुरा हो । समितिको निम्ति सपोर्टिभ कुरा हो । अनि यो प्राधिकरणले के गर्छ भन्दा गृहमन्त्रीज्यू अन्तर्गतको सम्बन्धित जुन समिति छ, त्यसका निर्णयहरु र परिषद्का निर्णयहरुको कार्यान्वयन गर्ने एजेन्सीचाहिँ प्राधिकरण हो ।
प्राधिकरण स्वायत्त हुनुपर्छ र पावरफुल हुनुपर्छ । यो फास्ट ट्र्याकबाट जानुपर्छ । हाम्रोचाहिँ गृह मन्त्रालय अन्तर्गतको एउटा कमजोर विङ जस्तो भयो । हुन त अब आफैंले मात्र चलाउँछु भनेर हुँदैन । सीडीओहरु परिचालन नगरी त हुँदै हुँदैन । त्यहाँ जिल्ला प्रहरी परिचालन नगरी हुँदै हुँदैन । स्थानीय प्रहरी परिचालन नगरी हुँदैहुँदैन । अनि एकदम रेस्क्यू अपरेसनमा सेना आफैं तत्काल एक्टिभ भइहाल्छ । उसले रेस्क्यु अप्रेशनमा त तत्काल जहाँ सुन्यो कि त्यहीँ मुभ भइहाल्छ । परिचालन गर्नु पर्यो भनेचाहिँ त्यो आफ्नो विधिबाट हुन्छ ।
अहिले, अझै पनि आगलागीको समय छ । यसबाट हामीले कसरी जोगाउने भन्ने कुरा हो । विस्तारै अब बाढी पहिरोको सिजन आउँदै छ । त्यसबाट कसरी जोगाउने भन्ने कुरा आउँछ । फेरि अर्को सिजनको पहिरो थपिइसक्छ । अर्को सिजनको समस्या थपिइसक्छ, अहिलेको समस्याकै समाधान गरिसकेको छैन । समस्याका चाङमाथि चाङ थपिँदै गएर समस्या अत्यन्तै जटिल बन्छ । त्यसकारण समस्याको चाङमाथि नै चाङ थपिँदै जाने होइन कि हामीले त अर्को समस्या आउनु अगाडि पहिलेका समस्याहरु समाधान गरिसक्नु पर्छ । तब मात्र हामीले समाधान गरेर जान सक्छौं । नत्र त हामी तमासे मात्रै हुन्छौं । खाली दर्शक हुन्छौं ।
हामीले भूकम्पबाट भएको क्षतिको पुनःनिर्माण प्राधिकरण बनायौं । त्यसै गरेर एउटा प्राधिकरण बनाउनु पर्छ कि ? त्यसलाई नै निर्माणका कामहरु समेत गर्न दिने अथवा त्यही प्राधिकरणलाई अर्काे फर्ममा निरन्तरता गर्दिनु पर्छ कि ? यसबारे अध्ययन गरेर निक्र्यौलमा पुग्न मैले जिम्मेवारी तोकेको छु ।
अर्को कुरा प्राकृतिक विपत्तिका नाममा कतै मानवीय कमीकमजोरी छ भने त्यसलाई हामीले शिक्षादिक्षाबाट, सचेतनाबाट सच्याउन सक्छौं । यदि मानवीय अपराध कतै मिसिएको छ भने त्यसमा सजाय हुन्छ । त्यो सजायको विषय हो र बनाउनु पर्छ । अहिलेसम्म कुनै कारबाही हुने गरेको छैन । त्यसकारण अब कारबाहीको विषय पनि बनाउनु पर्छ । (प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विपद् परिषद्को कार्यक्रममा व्यक्त गर्नुभएको सम्बोधनको सम्पादित अंश)
विपदमा जनता- कहिले होला राहत, पुनर्स्थापना र पुननिर्माण ? कहिले बन्ला घर ?
आइतबार, कार्तिक २५, २०८१
विपद् पछिको पुनर्स्थापना : को हुन् सक्कली र को हुन् नक्कली प्रभावित? कसरी छुट्याउने?
सोमबार, कार्तिक १२, २०८१
नेतृत्वको काम गर्ने शैली, भित्रि इच्छा शक्ति नभएको कारण विपद् खोज, उद्धार तथा राहत वितरण कार्यमा सोचे अनुरुप काम हुन नसकेको : मा.रामहरि खतिवडा
सोमबार, आश्विन २८, २०८१
५५ हजार जाजरकोट भुकम्प पीडितले दोश्रो किस्ता पाउन बन्चितः कारण के ?
बुधबार, आश्विन २३, २०८१
भिरु लामाको ‘यो जिन्दगी’…
मंगलबार, जेठ १५, २०८१
Second DFI Mission 2024
आइतबार, जेठ ०६, २०८१
Growing Nepali Financial Service Sector -“Accelerating DFIs Investment in Nepal’s Financial Sector Industry”
आइतबार, बैशाख ३०, २०८१
वैदेशिक लगानी बहस : विकासका लागि पुँजीलाई मात्रै होइन, अन्तर्राष्ट्रिय अभ्यासलाई पनि आत्मसात गर्नु पर्छ
बुधबार, बैशाख १९, २०८१
कपनमा कला !
शुक्रबार, बैशाख १४, २०८१
वास प्लान : तीनै तहका सरकारको समीक्षा, विकास साझेदारको लगानी प्रतिबद्धता
बिहिबार, बैशाख ०६, २०८१
भारतमा चुनाव सुरु, मोदीको नेतृत्वमा भारत २१ औँ शताब्दीको आर्थिक शक्ति बन्ने लयमा
बिहिबार, बैशाख ०६, २०८१
संसदमा केपी ओलीको २८ मिनेट सम्बोधन : आवेश उत्तेजनामा नजाऔं, देशको आर्थिक अवस्था अप्ठ्यारोमा छ, हामी सबै मलेर समाधान गर्नु पर्छ
मंगलबार, चैत्र ०६, २०८०
राम्रो काम बालेनले मात्रै होइन, रविले पनि गर्न पाउनु पर्छ
मंगलबार, चैत्र ०६, २०८०
समाजवादउन्मुख राज्य व्यवस्थाको बाटोमा सामाजिक सुरक्षा कोष, मधेश प्रदेशका ४७ स्थानीय तहसँग भयो सम्झौता (भिडियो सहित)
आइतबार, माघ २८, २०८०
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ‘प्रधानमन्त्री कार्यालय’ मातहत ल्याउनुको अर्को विकल्प छैन : अनिल पोखरेल
आइतबार, भाद्र १७, २०८०
Public Sanitation in ‘South Asia’
मंगलबार, भाद्र १२, २०८०
एमसिसी कार्यान्वयन: पाँचवर्षे अवधि गणना भोलिदेखि
सोमबार, भाद्र ११, २०८०
दक्षिण एसियामा सार्वजनिक शौचालयको अवस्था यस्तो छ…नेपालले के सिक्ने ?
सोमबार, भाद्र ११, २०८०
मन्त्रीदेखि विज्ञको आरोप- विपद् व्यवस्थापन प्राधिकरण गृह मन्त्रालय सामु निरीह, प्रधानमन्त्री कार्यालय मातहत ल्याउनु पर्ने तर्क
सोमबार, भाद्र ०४, २०८०
पूर्वाधारको अभावमा मानव मलमूत्र सीधै खोलानालामा, दिगो विकास लक्ष्यको टार्गेट पूरा गर्न असम्भव
शुक्रबार, आषाढ २२, २०८०
५ प्रतिशत नागरिक शौचालयको पहुँच बाहिर, शत प्रतिशत पुर्याउने सरोकारवालाको प्रतिवद्धता
मंगलबार, जेठ ३०, २०८०
वीरेन्द्रनगरमा दिसाबाट बन्छ तातो केक…
शुक्रबार, जेठ ०५, २०८०
खानेपानी तथा सरसफाइ नियमावली मस्यौदालाई सुधार गर्न सरोकारवालाको सुझाव, मन्त्रालय प्रतिबद्ध
बुधबार, बैशाख २०, २०८०
खानेपानी र सरसफाइमा वित्तिय अवस्था : लगानीको अभाव, अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्न सुझाव
आइतबार, बैशाख १०, २०८०
१५ दिनभित्र कार्ययोजना उपलब्ध गराउन नेपाल ट्रष्टलाई मन्त्री किराँतीको निर्देशन
बुधबार, बैशाख ०६, २०८०
आगामी नीति तथा कार्यक्रममा सरसफाइ राष्ट्रिय अभियान सञ्चालन गर्ने नीति आउँदै
सोमबार, बैशाख ०४, २०८०
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको निर्णय प्रचण्डले ‘उल्टाए’ खारेज भएको मेलम्ची खानेपानी विकास समिति पुनःब्युँतियो
आइतबार, चैत्र २६, २०७९
मेलम्चीको पानी दैनिक १७ करोड लिटर आउँदा पनि केयूकेएलको वितरण फितलो, दिसाजन्य लेदो व्यवस्थापनका लागि के गर्दैछन् सरोकारवालाहरु !
सोमबार, चैत्र २०, २०७९
राष्ट्रिय जनगणना २०७८ : ४.५ प्रतिशत परिवारहरु अझै पनि शौचालयको पहुँचमा छैनन्, ९.८ प्रतिशत परिवारको शौचालय सार्वजनिक ढलमा जोडियो
मंगलबार, चैत्र १४, २०७९
आइभेरी कोष्टको राजधानी अविद्जानमा खानेपानी तथा सरसफाइ विश्व सम्मेलन : नेपालको अवस्था कस्तो ?
सोमबार, चैत्र ०६, २०७९
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले ओलीलाई भने- ‘सर्वोच्च अदालतले दुई-दुई पटक असंवैधानिक भनेको त्यो अप्रिय कुरा गर्वको विषय होइन’
सोमबार, चैत्र ०६, २०७९
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले लिए पद तथा गोपनियताको शपथ
सोमबार, चैत्र ०६, २०७९
फर्केर हेर्दा–अविद्जान २०२३ र नेपालको सहभागिता…
शुक्रबार, चैत्र ०३, २०७९
सीमा नाकामा रहेका हेल्थ डेक्सले कोरोना रोकथाम तथा नियन्त्रणमा गरे उच्च प्रर्दशन
मंगलबार, फाल्गुण २३, २०७९
स्वर्गीय राजा वीरेन्द्रको नगद मात्रै १ अर्व ३५ करोडभन्दा माथि, विदेशी बैंकहरूले विवरण दिन मानेनन्
आइतबार, माघ २९, २०७९
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लागि देशभर २० हजारभन्दा बढी जनशक्ति तयार
सोमबार, माघ १६, २०७९
आन्तरिक उडानमा ठूलो दुर्घटना
सोमबार, माघ ०२, २०७९
२५औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस : पुनर्निर्माणलाई पूर्णता दिने प्रतिबद्धता
सोमबार, माघ ०२, २०७९
देउवाले नैतिकताको आधारमा राजीनामा दिउँन्, नत्र विशेष महाधिवेशन बोलाइनेछ-गुरुराज घिमिरे
सोमबार, पौष ११, २०७९
शक्ति सङ्घर्षमा दलहरु
बिहिबार, मंसिर २२, २०७९
यस्तो रह्यो नेपाल–जापान शैक्षिक बहस (फोटो फिचर)
बुधबार, मंसिर १४, २०७९
सरकारले फेरि थप्न लाग्यो अर्को एक थान स्वास्थ्य योजना, होला त कार्यान्वयन ?
बुधबार, मंसिर १४, २०७९
मुस्ताङबाट ५० करोड मूल्य बराबरको स्याउ निर्यात
मंगलबार, मंसिर १३, २०७९
प्रदीप ज्ञवालीले मतदातालाई भने–तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु
शुक्रबार, मंसिर ०९, २०७९
पाँचौं प्रयासमा खुल्यो दीपक सिंहलाई संसदको ढोका, एमालेबाट लड्दा पनि कमल थापाका दिन आएनन्
बिहिबार, मंसिर ०८, २०७९
गोकर्ण विष्टसँग पराजित भएपछि रामकुमारी झाक्रीले भनिन्–समाजको पिधसम्म पुगेर हेर्ने मौका पाएँ
बुधबार, मंसिर ०७, २०७९
चितवन २ मा रविको फड्को, तेस्रोबाट पहिलोमा उक्लिए
मंगलबार, मंसिर ०६, २०७९
जापनमा उच्च शिक्षा पढ्न चाहनु हुन्छ ? यस्ता छन् अवसर (भिडियो सहित)
आइतबार, कार्तिक २०, २०७९
नागरिक समाज : एउटै मुद्दा बोकेर हिँड्न मिल्दैन ? के भन्छन् नागरिक अगुवाहरु (भिडियोमा हेरौं)
आइतबार, साउन ०८, २०७९
नयाँ नियमका कारण कर्णालीमा उडान अवरुद्ध
शुक्रबार, जेठ २०, २०७९
वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि
आइतबार, चैत्र ०६, २०७८
नेपाल-भारत नवौँ ऊर्जा बैठक सम्पन्न, विद्युत् व्यापारमा महत्त्वपूर्ण सहमति
शुक्रबार, फाल्गुण १३, २०७८
एक हजार परिवारलाई लालपुर्जा
बिहिबार, माघ २७, २०७८
नेकपा (एमाले), केन्द्रीय सचिवालयको बैठक सुरु
बुधबार, माघ १९, २०७८
एमसीसीले चर्को दबाबमा प्रचण्ड–माधब, गठबन्धन जोगाउने कि छाड्ने ?
मंगलबार, माघ १८, २०७८
रामकुमारी झाँक्रीप्रति गोकुल बास्कोटाको व्यङ्ग्य : मुखमा बेरेको कालो टेप खोलेर बोलेको सुनियो
बुधबार, माघ ०५, २०७८
कठीन जितसँगै प्रधानमन्त्री कपको उपाधि सशस्त्र प्रहरीलाई, पुलिस २१ रनले पराजित
बुधबार, माघ ०५, २०७८
भारतलाई एमालेले भन्यो- नेपालमाथिको बलमिच्याइँ रोक
बुधबार, पौष २८, २०७८
नारायणहिटी प्रमुखको राजीनामा
बुधबार, पौष २८, २०७८
माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय
सोमबार, पौष २६, २०७८
एमाले जिल्ला अधिवेशन १५ जिल्लामा नेतृत्व सर्वसम्मत
आइतबार, पौष २५, २०७८
एमसीसी अघि बढाउनु सरकारको दायित्व : गृहमन्त्री खाण
मंगलबार, पौष ०६, २०७८
कांग्रेस महाधिवेशन : मत परिणाम आइसकेको पदमा शशांक कोइराला ‘म्यान अफ द इलेक्शन’
सोमबार, पौष ०५, २०७८
कसरी हुन्छ बिजुलीबाट आगलागी वा दुर्घटना, क्षति घटाउने उपाय के हुन्
बिहिबार, मंसिर २३, २०७८
ओलीलाई मनाउन हड्ताली वकिल बालकोट जाँदै
मंगलबार, मंसिर २१, २०७८
राष्ट्रिय जनगणना– २०७८: लिपुलेक–कालापानीमा पनि गणना हुने
बुधबार, कार्तिक २४, २०७८
कोप–२६ : नेपालकातर्फबाट उच्चस्तरीय र प्रभावकारी सहभागिता हुने
सोमबार, कार्तिक ०८, २०७८
टी-२० विश्वकप: पाकिस्तानले पहिलो पटक हरायो भारतलाई
सोमबार, कार्तिक ०८, २०७८
देशभर बाढी–पहिरो, कम्तिमा ४८ को मृत्यु, ३१ बेपत्ता
बुधबार, कार्तिक ०३, २०७८
भरपतुर महानगरपालिका मेयर रेनु दाहालको उद्घोष : महानगरलाई विपद्को सामना गर्न सक्ने बनाउँछौं (मिडिया बहसको भिडियो सामग्री)
आइतबार, आश्विन १७, २०७८
सातौ संविधान दिवस: मुलुकमा विकास र समृद्धिको नयाँ आधारशीला खडा गरेको छ–केपी ओली
आइतबार, आश्विन ०३, २०७८
एमसीसीः जबाफ आएपछि पनि सत्तारूढ दलबीच मतभिन्नता कायम, अबको बाटो के?
शुक्रबार, भाद्र २५, २०७८
अफगानिस्तानः पन्जशिर उपत्यका नियन्त्रणमा लिएको तालिबान दाबी, विरोधी समूह भन्छ ‘सत्य हैन’
सोमबार, भाद्र २१, २०७८
दुई महिनाभित्र स्वास्थ्य नीति ल्याउँदै गण्डकी प्रदेश सरकार
सोमबार, भाद्र २१, २०७८
विपद्मा काम गर्ने पत्रकारलाई खोई सुरक्षा ?
शुक्रबार, भाद्र ०४, २०७८
भूमि आयोग खारेजीविरुद्ध आन्दोलन घोषणा
बिहिबार, साउन २१, २०७८
…त्यसपछि मैले प्रचण्डसँगको ४० वर्षे सम्बन्ध तोडेँ : बादल
सोमबार, साउन १८, २०७८
अर्थ सचिवको जिम्मेवारी मधुकुमार मरासिनीलाई, स्वास्थ्यका सचिव लक्ष्मण अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तानिए
आइतबार, साउन १७, २०७८
मेलम्ची बाढीले बगाएका सपनाहरु….(भिडियो सामग्री)
आइतबार, साउन १७, २०७८
चार करोड लगानीमा सामुहिक भैंसी पालन, दैनिक आठसय लिटर दूध
शुक्रबार, साउन ०८, २०७८
प्रतिनिधि सभामा विश्वासको मत लिँदै प्रधानमन्त्री शेरबहादुर देउवा(लाइभ)
आइतबार, साउन ०३, २०७८
कर संकलनमा सफलताः लक्ष्यको ९३ प्रतिशत संकलन
बिहिबार, आषाढ ३१, २०७८
शहरी विकास तथा भवन निर्माण विभागः कति योजना ? कति काम ?(भिडियोमा हेर्नुहोस्)
बिहिबार, आषाढ २४, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पत्रकार सम्मेलन LIVE
शुक्रबार, जेठ ०७, २०७८
स्वास्थ्य मापदण्डमा कडाइ नगरे अझै बढ्न सक्छ सङ्क्रमण
बिहिबार, बैशाख ३०, २०७८
प्रधानमन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्रीको एकैदिन छिनोफानो: यस्तो त अंकगणित
बिहिबार, बैशाख २३, २०७८
वल्र्डलिंक कम्युनिकेसन्सले नयाँ वर्षलाई लक्षितगरी ल्याएको छ, ‘हर्षको नयाँवर्ष’अफर
आइतबार, चैत्र २९, २०७७
स्वास्थ्य मन्त्रालयकोे संरचनामा हेरफेर हुँदै, मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकता
आइतबार, चैत्र २२, २०७७
मेलम्ची पानीलाई राजकीय स्वागत-भिडियोमा हेरौं
आइतबार, चैत्र २२, २०७७
मेलम्ची सफलताको कथालाई भिडियोमा हेर्नुहोस्
आइतबार, चैत्र ०१, २०७७
वल्र्डलिंक कम्युनिकेशन्सको सद्भावनादूतमा शृंखला खतिवडा (प्रेस विज्ञप्ती)
आइतबार, फाल्गुण १६, २०७७
गणतन्त्रका १२ वर्ष- मुसहर जनता : न भूमि न नागरिकता
बिहिबार, फाल्गुण ०६, २०७७
मुक्त हलियालाई गणतन्त्र कहिले आउला ? (भिडियो सहित)
सोमबार, फाल्गुण ०३, २०७७
हलिया मुक्ति घोषणाको १२ वर्षः हलो छुट्यो, तर दुःख छुटेन…(भिडियो सहित)
शुक्रबार, माघ २३, २०७७
२३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसः भवन संहिता कार्यान्वयमा सबैको जोड (भिडियो सहित)
बिहिबार, माघ ०८, २०७७
गण्डकी प्रदेश : मानसिक स्वास्थ्यको क्षेत्रमा एक वर्षभित्र परिवर्तन हुन्छ
बुधबार, मंसिर २४, २०७७
प्रदेशमा मानसिक स्वास्थ्य सम्बन्धी अस्पताल दुई वर्षभित्र हुन्छ : विकास देवकोटा
बिहिबार, मंसिर ११, २०७७
समृद्धि मात्रै होइन, सामाजिक न्याय र समानतासहितको समाज निर्माण गर्न अघि बढेका छौं: प्रधानमन्त्री ओली
बिहिबार, मंसिर ११, २०७७
सामाजिक सुरक्षा दिवसमा प्रमकाे भिडियाे सन्देश
बिहिबार, मंसिर ११, २०७७
मातृका देवकोटाको जीवन सङ्घर्षः मान्छे जन्मनु र मर्नु एउटा जीवनचक्र हो । एकदिन मर्नु नै छ भनेर मैले आत्महत्या प्रयास गरेँ
शुक्रबार, कार्तिक २८, २०७७
नेपालमा ३० लाखभन्दा बढी मानसिक स्वास्थ्य समस्याका व्यक्ति छन् तर विशेषज्ञ एक सय जना पनि छैनन्
बिहिबार, कार्तिक १३, २०७७
‘यसपालि त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो’- स्वास्थ्य मन्त्री ढकाल
सोमबार, आश्विन २६, २०७७
एकै पटक पाँच शिशु शल्यक्रियाबाट निकालियाे, चार जीवित
मंगलबार, आश्विन २०, २०७७
संसद भवनदेखि मन्त्री निवास निर्माण : मन्त्रीलाई ‘स्विमिङ पुलदेखि फिटनेश सेन्टर’को सुविधा
आइतबार, आश्विन १८, २०७७
अमेरिकी चुनाव: ट्रम्प र बाइडनले पहिलो पटक गरे आमनेसामने बहस
बुधबार, आश्विन १४, २०७७
सन्दर्भ : विश्व मुुटुरोग दिवस, अस्वस्थकर जीवनशैली नै मुटुरोगको कारण
मंगलबार, आश्विन १३, २०७७
बन्यो छाङरू जाने बाटो
सोमबार, आश्विन १२, २०७७
धेरैजसो स्थानमा भारी वर्षा, स्याङ्जामा पहिरो : पाँच जनाको मृत्यु, नारायणीको जलसतह खतराको तहभन्दा माथि
बिहिबार, आश्विन ०८, २०७७
जुडी ह्यूमेन: अमेरिकामा अपाङ्गता भएका मानिसको अधिकारको इतिहास बदल्ने महिला
सोमबार, आश्विन ०५, २०७७
निजामती प्रशासन किन गतिशील हुन सकेन् ? सहरी विकास मन्त्रालयका सचिव मधुसुधन अधिकारीको विश्लेषण
आइतबार, आश्विन ०४, २०७७
नेपालले खरिद गरेका दुई रेल आज आउँदै
शुक्रबार, आश्विन ०२, २०७७
शिन्जो आबेको ठाउँमा जापानको प्रधानमन्त्री बनेका योशिहिदे सुगा को हुन्?
बिहिबार, आश्विन ०१, २०७७
राष्ट्रपतिबाट सिन्धुपाल्चोकको बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षलाई आग्रह
सोमबार, भाद्र २९, २०७७
कोरोना भाइरस इजरेलः चाडपर्वकै बेला देशव्यापी लकडाउन घोषणा, विरोध जनाउँदै एक मन्त्रीले दिए राजीनामा
सोमबार, भाद्र २९, २०७७
पहिरोले सिन्धुपाल्चोकमा दुई गाउँ बगे, तीन जनाको शव भेटियो, कम्तीमा १७ बेपत्ता
आइतबार, भाद्र २८, २०७७
असोज १ बाट लामो दूरीका सवारीसाधन सञ्चालन गर्ने व्यबसायीकाे दावी
बिहिबार, भाद्र २५, २०७७
कोरोना कहर : हवाई क्षेत्रले १६ अर्ब बढी गुमायो
मंगलबार, भाद्र २३, २०७७
के संविधानले वामदेव गौतमलाई मन्त्री बन्न रोक्छ, संविधानमा के व्यवस्था छ?
आइतबार, भाद्र २१, २०७७
बागलुङमा बाढीपहिरो : १४ शव भेटिए, चार जनाको सनाखत
शुक्रबार, भाद्र १९, २०७७
कोरोना महामारीमा पनि आर्थिक सूचक राम्रो
मंगलबार, भाद्र ०९, २०७७
सबै ग्राहकलाई नयाँ प्रोटोकोल आईपी भी सिक्समा लैजाँदै वर्ल्डलिंक
आइतबार, भाद्र ०७, २०७७
मनसुनको दुई महिनाः विपद्मा परी २३१ को मृत्यु, ७७ बेपत्ता
सोमबार, भाद्र ०१, २०७७
जोखिमको बेवास्ताले ठूलो क्षति
आइतबार, साउन ३२, २०७७
प्रम ओलीद्वारा कोभिड-१९ विरुद्ध भारतसँग मिलेर लड्ने प्रतिबद्धता
आइतबार, साउन ३२, २०७७
‘युुवा बाध्यतावस विदेश जानुुु पर्दैन’
बिहिबार, साउन २९, २०७७
कांग्रेसको पुनर्जागरणका लागि बरिस्ठ नेता पौडेलद्धारा ७ बुँदे दृष्टिकोण सार्वजनिक
बुधबार, साउन २८, २०७७
बुटवलको कोरोना अस्पतालमा दुई जना पुरुषको मृत्यु
बुधबार, साउन २८, २०७७
डोटीमा घर भत्किएर एकै परिवारका ४ को मृत्यु, ५ जना घाइते
मंगलबार, साउन २७, २०७७
भारतले भन्यो- ‘बुद्ध नेपालमै जन्मिएको विषयमा कुनै शङ्का छैन’
सोमबार, साउन २६, २०७७
राष्ट्रिय भवन संहिता अध्यावधिक : सबै खाले भवनलाई भूकम्प प्रतिरोधी बनाउन सकिने
आइतबार, साउन २५, २०७७
भारतमा २० दिनमा १० लाख कोरोना सङ्क्रमित थपिए, कुल सङ्ख्या २० लाख नाघ्यो
शुक्रबार, साउन २३, २०७७
नुवाकोटका सबै स्थानीय तहमा ‘लकडाउन’
शुक्रबार, साउन २३, २०७७
लेबननको राजधानीमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७८ को मृत्यु, चार हजार भन्दा धेरै घाइते
बुधबार, साउन २१, २०७७
कोरोना संक्रमण रोक्न विज्ञसँग परामर्श गर्दै प्रधानमन्त्री
मंगलबार, साउन २०, २०७७
भ्रष्टाचारको अभियोग लागेका स्पेनका पूर्व राजा ख्वान कार्लोसले छोडे देश
मंगलबार, साउन २०, २०७७
ओली-प्रचण्ड आआफ्नो अडानमा टसमस भएनन्, सचिवालय बैठक बस्ने वा स्थायी कमिटी भन्नेमै विवाद
सोमबार, साउन १९, २०७७
नासा स्पेसएक्स: ड्रयागन क्याप्स्यूल अन्तरिक्ष यानले यसरी गर्यो पानीमा अवतरण
सोमबार, साउन १९, २०७७
मेलम्ची पहिरोमा पुरिएका आठ जनाको शव निकालियो
सोमबार, साउन १९, २०७७
सिद्धार्थ राजमार्ग ठाउँठाउँमा भासियो
आइतबार, साउन १८, २०७७
बाघ संरक्षण: यसकारण नेपालले सफलता हात पारिरहेको छ
बिहिबार, साउन १५, २०७७
भूकम्पपछिको पुनर्निर्माण: खर्चबारे महालेखाको प्रश्नै प्रश्न, प्राधिकरण भन्छ- महालेखाको भनाइ त्रुटिपूर्ण
सोमबार, साउन १२, २०७७
बाढीले बगर बनेका खेतलाई रोपनीको दुई हजार क्षतिपूर्ति
शुक्रबार, साउन ०९, २०७७
श्रीमतीको हत्यामा पाएको सजाय घटाउने सर्वोच्चको निर्णयविरुद्ध पुनरवलोकन निवेदन
शुक्रबार, साउन ०९, २०७७
तटीय क्षेत्रका बस्ती डुबानमा
बुधबार, साउन ०७, २०७७
देशभर भारी वर्षा : धेरै नदीहरुले खतराको तह पार गरे
मंगलबार, साउन ०६, २०७७
भारतले नेपालकाे संस्कृतिमाथि अतिक्रमण गर्याे : प्रम अाेली
मंगलबार, आषाढ ३०, २०७७
नेकपामा शक्ति संघर्ष : ओलीबाट प्रधानमन्त्री फुत्काउने प्रचण्डको प्रयास, कुनै हालतमा नछोड्ने ओलीको अडान
बुधबार, आषाढ २४, २०७७
शैलेश थापा : पूर्व डीआईजीका छोरा प्रहरीको सर्वोच्च पदमा
बुधबार, आषाढ २४, २०७७
बलात्कृत महिलालाई न्याय दिलाउन दुई करोडको जागिर छोड्ने वकिल
मंगलबार, आषाढ २३, २०७७
म्यान्मार कचिन प्रान्तमा पहिरोले पुरेर ज्यान गुमाउने मानिसको सङ्ख्या १६० नाघ्यो
शुक्रबार, आषाढ १९, २०७७
चट्याङः नेपालमा पूर्वानुमानको अवस्था के छ?
शुक्रबार, आषाढ १२, २०७७
नेकपा स्थायी कमिटी बैठक : प्रधानमन्त्री ओली अनुपस्थित
शुक्रबार, आषाढ १२, २०७७
मेलम्ची खानेपानी आयोजनाको काममा तीव्रता, असारसम्म परीक्षणको रुपमा सुन्दरीजलमा झार्ने तयारी
आइतबार, बैशाख २८, २०७७
नेपालगन्जमा एकै दिन १५ जनालाई कोरोना संक्रमण, देशभर लकडाउन कडा
सोमबार, बैशाख २२, २०७७
पार्टी एकताको महत्व बुझ्न प्रचण्डकाे अपिल, नेकपाकाे अान्तरिक एकता सुदृढ बनाउने अध्यक्ष अाेलीकाे घाेषणा
बुधबार, बैशाख १०, २०७७
कोरोनाभाइरसः मोदीले गरे जनताद्वारा ‘जनता-कर्फ्यु’को अपील
शुक्रबार, चैत्र ०७, २०७६
दिल्ली बलात्कार काण्ड: दोषीलाई मृत्युदण्ड, आमाबुवाद्वारा सन्तोष प्रकट
शुक्रबार, चैत्र ०७, २०७६
कोरोनाभाइरस: एसईई परीक्षा अर्को निर्णय नभएसम्मका लागि स्थगित, इटलीमा एकै दिनमा ४७५ जनाको मृत्यु
बिहिबार, चैत्र ०६, २०७६
कोरोनाभाइरस: सङ्क्रमण रोकथाम गर्न इटलीले ६ करोड मानिसलाई घरमै बस्न निर्देशन
मंगलबार, फाल्गुण २७, २०७६
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणलाई विज्ञहरुको सुझावः चुनौतिलाई चिर्नुस्, पैसा छैन भनेर बस्न मिल्दैन
शुक्रबार, फाल्गुण २३, २०७६
कसैमा पनि कोरोना देखिएको छैन–स्वास्थ्य मन्त्रालय
शुक्रबार, फाल्गुण २३, २०७६
विपद्को जोखिम घटाउनु नै मेरो मुख्य प्राथमिकता हुनेछ : अनिल पोखरेल
बिहिबार, फाल्गुण २२, २०७६
काठमाण्डौमा होली नखेल्न सर्वसाधारणलाई स्थानीय प्रशासनको आग्रह
बिहिबार, फाल्गुण २२, २०७६
प्रधानमन्त्री ओली अप्रेशन थियेटरमा
बुधबार, फाल्गुण २१, २०७६
अप्रेशन अघि प्रधानमन्त्रीको मार्मिक सन्देश ३ सय ५३ शब्दमा
मंगलबार, फाल्गुण २०, २०७६
अमेरिकामा कोरोनाको संक्रमणले मृत्यु हुनेको संख्या ६ पुग्यो
मंगलबार, फाल्गुण २०, २०७६
प्रधानमन्त्रीले अस्पताल भर्ना हुनु अघि गरे व्यापक हेरफेर
सोमबार, फाल्गुण १९, २०७६
देउवाले बनाए १३ विभाग, अब पेलेरै जाने
आइतबार, फाल्गुण १८, २०७६
कोरोनाभाइरसः अहिलेसम्मको अवस्था के छ ?
आइतबार, फाल्गुण १८, २०७६
अफगान शान्ति सम्झौता: १८ वर्ष लामो युद्ध अन्त्य गर्न अमेरिका र तालिबानबीच सम्झौतामा हस्ताक्षर
आइतबार, फाल्गुण १८, २०७६
न दुलाहा आए, न जन्ती
बिहिबार, फाल्गुण १५, २०७६
भारतमा लगातार तेस्रो रात हिंसा, हालसम्म मारिनेको सङ्ख्या २०
बुधबार, फाल्गुण १४, २०७६
‘प्रेमको स्मारक’मा ट्रम्प दम्पति
मंगलबार, फाल्गुण १३, २०७६
डोनल्ड ट्रम्प: अमेरिकी राष्ट्रपति भारतको पहिलो औपचारिक भ्रमणमा, पाए भव्य स्वागत
मंगलबार, फाल्गुण १३, २०७६
कोरोनाभाइरस: इटलीका एक दर्जन सहर बन्द
आइतबार, फाल्गुण ११, २०७६
ओलीका विश्वासपात्रको बहिर्गमन
शुक्रबार, फाल्गुण ०९, २०७६
दोलखा भीमसेनलाई ‘पसिना’
बिहिबार, फाल्गुण ०८, २०७६
सरकारका दुई वर्ष: तुइन विस्थापनमा सफलता
मंगलबार, फाल्गुण ०६, २०७६
सरकारले आजदेखि काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्दै
सोमबार, फाल्गुण ०५, २०७६
सांसद्का प्रश्नमा प्रधानमन्त्रीका यस्ता जवाफ
आइतबार, फाल्गुण ०४, २०७६
खरीपाटी पुराइयो चीनबाट ल्याइएका नेपालीलाई
आइतबार, फाल्गुण ०४, २०७६
सिड्नीमा ३० वर्ष यताकै ठूलो वर्षाका कारण यातायात अस्तव्यस्त, डढेलो निभ्यो
सोमबार, माघ २७, २०७६
कोरोनाभाइरसले सार्सले भन्दा धेरैको ज्यान लियो
आइतबार, माघ २६, २०७६
कोरोनाभाइरससँग जुझ्ने क्रममा ‘कमजोरी’ भएको चिनियाँ नेतृत्वको स्वीकारोक्ति
मंगलबार, माघ २१, २०७६
बाँकेको राप्ती सोनारी गाउँपालिका : विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापनमा उदाहरणीय अभ्यास
सोमबार, माघ २०, २०७६
कोरोनाभाइरस: ‘दुष्ट भाइरस’विरुद्धको लडाइँ जित्ने राष्ट्रपति सी जिन्पिङको विश्वास
बुधबार, माघ १५, २०७६
सभामुख सापकोटाले लिए शपथ
सोमबार, माघ १३, २०७६
कोरोनाभाइरस: चीनमा सङ्क्रमित व्यक्तिको सङ्ख्या बढ्यो, ८० जनाको मृत्यु भएको पुष्टि
सोमबार, माघ १३, २०७६
कोरोनाभाइरस: हामी कति चिन्तित हुनु पर्छ, डब्लूएचओ के भन्दैछ
शुक्रबार, माघ १०, २०७६
६ महिनापछि आउनुहोस् अझ राम्रो परिणाम पाउनुहुनेछ- चिरिबाबु महर्जन
आइतबार, माघ ०५, २०७६
नेपालमा पहिलो पटक कर्णाली प्रदेशले गर्यो,१७ लाख ७० हजार जनताको ‘प्राकृतिक जोखिम विपद् सामूहिक दुर्घटना बीमा’
सोमबार, पौष २८, २०७६
इरानद्वारा दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण
बुधबार, पौष २३, २०७६
भिम रावललाई व्यङ्ग्य गर्दै प्रधानमन्त्रीले भने, पार्टी भित्र नयाँ नयाँ कविहरु जन्मिए
आइतबार, पौष १३, २०७६
असुरक्षित कम्प्युटर प्रणालीले नेपालका अधिकांश स्थानीय तहको २१ दिनको लेखासम्बन्धी डेटा नष्ट
बिहिबार, पौष १०, २०७६
दाङपछि सबैभन्दा जाडो काठमाडौंँमाः मौसम विभाग
बुधबार, पौष ०९, २०७६
एमसीसी: अमेरिकासँग नेपालले गरेको सम्झौता किन विवादमा ?
बुधबार, पौष ०९, २०७६
यसरी बन्न सफल भयो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण
सोमबार, पौष ०७, २०७६
नेकपा स्थायी समिति बैठक:अध्यक्षद्वयको प्रतिवेदन (पूर्ण पाठ)
बुधबार, पौष ०२, २०७६
न्यूजील्यान्ड ज्वालामुखी विस्फोट: ह्वाईट आईल्यान्डमा थप ज्वालामुखीको त्रास, खोजीकार्य प्रभावित
बुधबार, मंसिर २५, २०७६
फ्लोरिडामा अमेरिकी नौसैनिकमाथि भएको आक्रमण आतङ्कवादी स्वरूपको: एफबीआई
सोमबार, मंसिर २३, २०७६
हामी ठेकेदार होइन, उपभोक्ता समितिमा विश्वास गछौः सुनिल प्रजापति
आइतबार, मंसिर २२, २०७६
भारतमा बलात्कारपछि हत्याको घटनाका चार सन्दिग्धको ‘प्रहरी इन्काउन्टरमा मृत्यु’
शुक्रबार, मंसिर २०, २०७६
शेखरको त्यो रणनीति जसले बदल्यो धरानवासीको मन
बिहिबार, मंसिर १९, २०७६
गढीमाई मेला : एकै दिन १५ लाखभन्दा बढी श्रद्धालु
बुधबार, मंसिर १८, २०७६
बागलुङको भीमगिठेमा जीप दुर्घटना १४ जनाको मृत्यु (नामावलीसहित)
मंगलबार, मंसिर १७, २०७६
सम्भावित शीतलहर र पूर्व तयारी
मंगलबार, मंसिर १७, २०७६
दक्षिण एशियाली खेलकुदमा नेपाललाई १० स्वर्ण
सोमबार, मंसिर १६, २०७६
१३औँ दक्षिण एशियाली खेलकुद: करातेमा तीन, तेक्वान्दोमा दुई स्वर्ण
सोमबार, मंसिर १६, २०७६
छाउगोठमा निसासिएर २१ वर्षिया किशोरीको मृत्यु
सोमबार, मंसिर १६, २०७६
नेकपाका प्रकाश राईलाई २७९५ मतले पछि पार्दै धरान उपमहानगरको मेयरमा काँग्रेसका तिलक राई विजयी
सोमबार, मंसिर १६, २०७६
धरानबाहेक सबै ठाउँको नतिजा सार्वजनिक : नेकपा ३०, कांग्रेस १२ ठाउँमा विजयी
सोमबार, मंसिर १६, २०७६
ट्रम्पद्वारा हङ्कङ आन्दोलनको समर्थन गर्ने कानुनमा हस्ताक्षर
बिहिबार, मंसिर १२, २०७६
अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९, मृतक ९ जनाको सनाखत
बुधबार, मंसिर ११, २०७६
प्रचण्ड: देवघाटतिर जानुपर्नेलाई चुनावमा उठाउने ? विश्वप्रकाश : ७० हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने ?
बुधबार, मंसिर ११, २०७६
उपनिर्वाचन २०७६: आज राति १२ बजेदेखि मौन अवधि
बुधबार, मंसिर ११, २०७६
प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरबाट निकालियो, स्वास्थ्यमा सुधार
बुधबार, मंसिर ११, २०७६
मालपोतका सुब्बा: अवैध आम्दानी १४ करोड
मंगलबार, मंसिर १०, २०७६
प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अपरेशन सम्पन्न
मंगलबार, मंसिर १०, २०७६
प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, शल्यक्रियाको तयारी
मंगलबार, मंसिर १०, २०७६
कृषि विकास बैंक घोटाला : ८ कर्मचारीसँग पौने ३ अर्ब बिगो दाबी
सोमबार, मंसिर ०९, २०७६
टुंगियो नेकपा निकट पत्रकारको एकता (सूचीसहित)
सोमबार, मंसिर ०९, २०७६
बर्खास्त मन्त्रीहरुद्वारा प्रधानमन्त्रीको रात्रिभोज बहिष्कार !
सोमबार, मंसिर ०९, २०७६
यातायात प्रमुखसहित ३८ विरुद्ध भ्रष्टाचार मुद्दा
आइतबार, मंसिर ०८, २०७६
प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि अस्पतालमा
आइतबार, मंसिर ०८, २०७६
शहरलाई सुधारौं
आइतबार, मंसिर ०८, २०७६
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको ‘सिइओ’को लागि ३ जनाको नाम सिफारिश, एक नम्बरमा अनिल पोखरेल
शुक्रबार, मंसिर ०६, २०७६
चुनावी माहोलमा लोक तथा दोहोरी कलाकार : अबको नेतृत्व कसको ?
शुक्रबार, मंसिर ०६, २०७६
मन्त्रिपरिषद् पुनर्गठनः कसको दबाबमा हटाइयो गोकर्ण विष्टलाई ?
बिहिबार, मंसिर ०५, २०७६
मन्त्रिपरिषद् पुनर्गठनः (सूचीसहित)
बुधबार, मंसिर ०४, २०७६
प्रम ओली र दाहाल शीतल निवासमा
बुधबार, मंसिर ०४, २०७६
प्रधाममन्त्री ओली र प्रचण्ड ‘वान अन वान’ छलफल हुँदै, मन्त्रीको नाम टुंग्याउने
बुधबार, मंसिर ०४, २०७६
ह्वाइट हाउसकै कर्णेलले लगाए ट्रम्पमाथि ‘आरोप’
बुधबार, मंसिर ०४, २०७६
मन्त्रिपरिषद् पुर्नगठन : बिहानै प्रचण्ड निवास पुगे गृहमन्त्री थापा
बुधबार, मंसिर ०४, २०७६
बझाङमा केन्द्रबिन्दू ५.७ रेक्टरको भूकम्प, थप विवरण आउन बाँकी
मंगलबार, मंसिर ०३, २०७६
विपद् व्यवस्थापन पूर्व तयारी थाल्न तीन तहकै सरकारलाई निर्देशन
मंगलबार, मंसिर ०३, २०७६
यी हुन् काङ्ग्रेसले देखेका सरकारका २१’असफलता’
मंगलबार, मंसिर ०३, २०७६
प्रचण्ड सचिवालयको विज्ञप्ति : मन्त्री हेरफेर प्रधानमन्त्रीकाे विषय, नेकपा सचिवालय बैठक भोलि
मंगलबार, मंसिर ०३, २०७६
मन्त्रिपरिषद हेरफेर तयारी : खुमलटार-बालुवाटारमा छुट्टा-छुट्टै जमघट
सोमबार, मंसिर ०२, २०७६
प्रधानमन्त्रीको योग विचार: नेपाललाई कर्मयोगीहरुको देश बनाऔँ
शुक्रबार, आषाढ ०६, २०७६
ऊर्जा दक्षता प्रवर्द्धनका लागि अनुदान योजना सुरू
शुक्रबार, मंसिर ०७, २०८१
रसुवाबाट २ किलो सुनसहित युवक पक्राउ
शुक्रबार, मंसिर ०७, २०८१
अस्ट्रेलियाविरूद्ध भारतको खराब ब्याटिङ, सात ब्याटरले बनाउन सकेनन् दोहोरो अंकमा रन
शुक्रबार, मंसिर ०७, २०८१
बाल अदालत गठन गर्न न्याय परिषद्को सिफारिस
शुक्रबार, मंसिर ०७, २०८१
रेटिङपछि नेपाललाई विदेशी लगानी र ऋण ल्याउन सहज: विष्णु पौडेल
शुक्रबार, मंसिर ०७, २०८१