बार्सिलोनाले जित्यो स्पेनी सुपरकप उपाधि

काठमाडौँ — बार्सिलोनाले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर आइतबार रियल म्याड्रिडले ५–२ ले पराजित गरेको छ र कीर्तिमान १५ औं पल्ट स्पेनी सुपरकपको उपाधि जितेको छ ।

साउदी अरेबियाको जेद्दामा भएको खेलमा प्राप्त जितसँगै बार्सिलोनाले प्रशिक्षक हान्सी फ्लिक आएयता पहिलो उपाधि जितेको हो । रियलले केयलिन एमबापेको गोलले अग्रता लिएको थयिो । त्यसपछि लामिन यामलले बार्सिलोनाको लागि बराबरी गोल फर्काए ।

त्यसपछि रोबर्ट लेवनडोस्कीले पेनाल्टीबाट एक, राफिन्हाले दुई तथा एलेजान्ड्रो ब्लाडले एक गोल गरे । रोड्रिगोले रियलका लागि एक गोल फर्काए पनि त्यसले बार्सिलोनामाथि थप दबाब सिर्जना गर्न सकेन ।

यो सिजनको एल क्लासिकोकोमा बार्सिलोनाको यो दोस्रो जित हो । यसअघि बार्सिलोनाले रियललाई ला लिगाको खेलमा बर्नाबाउमा ४–० ले हराएको थियो । लिगमा खराव लयमा रहे पनि बार्सिलोनाले सुपरकपको उपाधि जितेको हो ।

तपाईको प्रतिक्रिया