श्रेयस र इशानको पुनरागमन

काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले २०२४–२५ सिजनका लागि भारतीय पुरुष क्रिकेट टोलीको केन्द्रीय सम्झौता सूची सार्वजनिक गरेको छ। सोमबार घोषणा गरिएको नयाँ सम्झौतामा श्रेयस अय्यर र इशान किशनको पुनरागमन भएको छ।

यसपटक ग्रेड ‘ए प्लस’ श्रेणीमा चार खेलाडीलाई समावेश गरिएको छ — कप्तान रोहित शर्मा, विराट कोहली, जसप्रीत बुमराह र रवीन्द्र जडेजा।

ग्रेड ‘ए’ श्रेणीमा ६ खेलाडी परेका छन्: मोहम्मद सिराज, केएल राहुल, शुभमन गिल, हार्दिक पाण्ड्या, मोहम्मद शमी र ऋषभ पन्त।

यसैगरी, ग्रेड ‘बी’ मा सूर्यकुमार यादव, कुलदीप यादव, अक्षर पटेल, यशस्वी जैसवाल र श्रेयस अय्यर रहेका छन्।

इशान किशनको नाम ग्रेड ‘सी’ श्रेणीमा समावेश गरिएको छ, जसमा कुल १९ खेलाडी छन्। उनी पछिल्लो समय टोलीबाट बाहिर रहेका थिए, तर अब पुनः केन्द्रीय सम्झौतामा फर्किएका छन्।

बीसीसीआईको यो निर्णयले आगामी सिजनका लागि खेलाडीहरूको भूमिकामा स्पष्ट संकेत दिएको छ, भने अघिल्लो सिजनको प्रदर्शनका आधारमा सम्झौता सूचीमा हेरफेर गरिएको बुझिएको छ।

तपाईको प्रतिक्रिया