ब्राजिलियन फुटबल स्टार रोबर्टो कार्लोसको नेपाल भ्रमण : दुई दिनको बसाइँ,

काठमाडौं — ब्राजिलका फुटबल दिग्गज रोबर्टो कार्लोस नेपाल आउने भएका छन्। उनकाे नेपाल भ्रमण दुई दिनको हुनेछ। कार्लोस नेपाल सुपर लिग (एनएसएल)को कार्यक्रमका लागि नेपाल आउन लागेका हुन्।

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टका अनुसार, अप्रिल १८ मा कार्लोस नेपाल आउनेछन् र अप्रिल १९ मा दशरथ रंगशालामा हुने पहिलो क्वालिफायर खेलमा प्रमुख अतिथिको रूपमा उपस्थित हुनेछन्।

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टका निर्देशक श्रेयान्स कार्कीले भने, हामी फुटबलका महान खेलाडीलाई नेपालमा स्वागत गर्न पाउँदा गर्वित छौँ।”

रोबर्टो कार्लोस रक्षात्मक भूमिकामा खेल्दै विश्व फुटबलमा निकै प्रसिद्ध भए। उनले रियाल मड्रिडका लागि तीनपटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्।

यसका अलावा, कार्लोसले एकपटक फिफा विश्वकप, दुईपटक कोपा अमेरिका, र फिफा कन्फेडेरेसन कप १९९७ मा जितेका छन्।

तपाईको प्रतिक्रिया