ब्राजिलियन राष्ट्रिय टिममा फर्किए नेइमार

काठमाडौं : ब्राजिलियन फरवार्ड नेइमार जुनियर राष्ट्रिय टिमको प्रशिक्षणमा फर्किएका छन्। उनी घुँडाको चोटका कारण केही समयको लागि टिमबाट बाहिर थिए।

२०२३ को अक्टोबर महिनामा घुँडामा चोट लागेर उनी राष्ट्रिय टिमबाट बाहिरिएका थिए। १७ महिनापछि उनले अब पुन: टिममा फर्केका हुन्। उनी विश्वकप छनोटको खेल खेल्नका लागि राष्ट्रिय टिममा फर्किएका छन्।

प्रशिक्षक डेरिभाल जुनियरले २३ सदस्यीय टोली घोषणा गर्दा ३३ वर्षीय नेइमारको नाम पनि समावेश गरेका छन्।

ब्राजिलियन टोली
गोलकिपर: एलिसन ब्रेकर, बेन्टो, एडरसन
डिफेन्स: भान्डरसन, विस्ली, लियो ओर्टिज, ड्यानिलो, गाब्रियल म्यागाल्हेस, मार्किन्होस, मुरिलो, गुइल्हेर्मे अराना
मिडफिल्डर: आन्द्रे, ब्रुनो गुइमारेस, गेर्सन, जोलिन्टन
फरवार्ड: नेइमार, एस्टेभाओ, जोआओ पेड्रो, राफिन्हा, रोड्रिगो, भिनिसियस जुनियर, सभिन्हो, म्याथ्युज कुन्हा

तपाईको प्रतिक्रिया