भारतमा विद्युत्को बारेमा कुरा गरेँ :परराष्ट्रमन्त्री देउवा

फाइल तस्बिर।

काठमाडौँ : परराष्ट्रमन्त्री आरजु राणा देउवा ११ दिने भारत भ्रमणको क्रममा नेपालमा देखा परिरहेको विद्युत्को अभावको समाधानका लागि कूटनीतिक प्रयास गरेको बताइन्।

शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले भारतमा हुँदा नेपालमा देखिएको विद्युत्को अभावको समाधानका लागि कूटनीतिक प्रयास गरेको जानकारी दिइन्।

भ्रमणका क्रममा भएको दुई पक्षीय भेटवार्तामा मानव अधिकार परिषद्मा नेपालको २०२७ देखि २०२९, संयुक्त राष्ट्रसङ्घीय आर्थिक र सामाजिक परिषद्मा २०२९ देखि २०३१ र संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा २०३७ देखि ०३८ का लागि नेपालले दिएको उम्मेदवारीमा समर्थनका लागि आग्रह गरेको उनले बताइन्।

परराष्ट्रमन्त्री देउवा मार्च १० मा भारत भ्रमणका लागि गएकी थिइन्।

तपाईको प्रतिक्रिया