भारतले यूएन बैठकमा पाकिस्तानलाई ‘असफल देश’ भन्दै अन्तर्राष्ट्रिय सहयोगमा निर्भर रहेको टिप्पणी गर्‍यो

काठमाडौँ — भारतले संयुक्त राष्ट्र मानवअधिकार परिषद् (UNHRC)को ५०औं त्रको बैठकमा पाकिस्तानलाई ‘असफल राष्ट्र’को रूपमा चिनाउँदै यसलाई अब केवल अन्तर्राष्ट्रिय सहयोगमा आश्रित रहेको टिप्पणी गरेको छ।

भारतीय डिप्लोम्याट क्षीतिज त्यागीले पाकिस्तानको नेतृत्वलाई सेनाको प्रोपागान्डा फैलाउने आरोप पनि लगाएका छन्।

त्यागीले पाकिस्तानका कानुनमन्त्री आजम नजीर तरारको जम्मू–कश्मीरमा मानवअधिकार उल्लंघनको आरोपको प्रतिक्रियामा यस्तो भनाइ राखेका थिए।

त्यागीले भने, “यो निकै दुःखद कुरा हो कि पाकिस्तानले लगातार कश्मीर र भारतसँग सम्बन्धित झुटा समाचार फैलाइरहेको छ। उनीहरूले ओआईसीजस्तो मञ्चलाई मजाक बनाउँदै यसको दुरुपयोग गर्दै आएका छन्।”

त्यागीले जम्मू–कश्मीर र लद्दाख सधैं भारतको अभिन्न हिस्सा रहेका र भविष्यमा पनि रहने उल्लेख गरे। उनले थपे, “जम्मू–कश्मीरमा पछिल्लो केही वर्षहरूमा अभूतपूर्व राजनीतिक, सामाजिक र आर्थिक उन्नति भएको छ।”

तपाईको प्रतिक्रिया