भीष्मको प्रतिज्ञा-गाईडलाइन बन्यो,अब पुननिर्माण यसरी शुरु हन्छ…३महिना भित्रको परिणाम यस्तो हुनेछ…

नेपाल प्राकृतिक विपद् जस्तै बाढी, पहिरो, भूकम्प लगायतका प्रकोपको उच्च जोखिमा रहेको मुलुक हो। यहाँका भौगोलिक विशेषताहरूका कारण विपद्को जोखिम प्रायः विभिन्न प्रकारका हुन्छन्। प्रत्येक वर्ष प्राकृतिक विपद्को कारण ठूलो धनजनको क्षति हुन्छ र यसलाई न्यूनीकरण गर्नका लागि सरकारले तथा विभिन्न संस्थाहरूले विविध प्रयासहरू गर्दै आएका छन्। यसै बीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का कार्यकारी प्रमुख डा. भीष्म कुमार भुषालले इमेज च्यानलको चर्चित कार्यक्रम ‘टक अफ दि टाउनमा’ जाजरकोटको पुनर्निर्माण र विपद् जोखिम न्यूनीकरणका बारेमा महत्त्वपूर्ण विचार व्यक्त गर्नुभयो।

कार्यक्रममा डा. भुषालले जाजरकोटको पुनर्निर्माण कार्यका क्रममा भइरहेको प्राविधिक र आर्थिक चुनौतीहरूको चर्चा गर्दै बताउनु भयो, “पुनर्निर्माण कार्य प्रभावकारी बनाउनका लागि सही डाटा संकलन र पारदर्शिता अत्यन्त आवश्यक छ। यसका लागि सबै तहका सरकार र स्थानीय समुदायसँग सहकार्य गर्नुपर्ने हुन्छ।

डा. भुषालले जाजरकोटमा ७८,००० परिवारले पहिलो किस्ता प्राप्त गरे पनि अब भूकम्प प्रभावित परिवारहरूले मात्र दोस्रो किस्ता पाउने र पूर्ण पुनर्निर्माण तीव्र गतिमा सम्पन्न हुने साथै विस्तृत क्षति मूल्याङ्कन (Detail Damage Assessment) माघ महिनाबाट सुरु हुने जानकारी दिनु भयो ।

डा. भुषालले जाजरकोटको पुनर्निर्माण कार्यलाई सफल बनाउन सरकारले र स्थानीय निकायहरूले सहकार्य गर्नुपर्ने महत्त्वपूर्ण पक्षको चर्चा गर्नु भयो। स्थानीय समुदायको सक्रिय सहभागिता बिना कुनै पनि पुनर्निर्माणको कार्य असम्भव रहेको डा. भुषाल जिकिर रहेको छ ।

डा. भीष्म कुमार भुषाल संग गरेको छलफलले जाजरकोट पुनर्निर्माण र विपद् जोखिम न्यूनीकरणका कार्यहरूको महत्त्वलाई स्पष्ट पारेको छ। उहाँले तीन तहका सरकार र स्थानीय समुदायसँगको सहकार्यलाई अत्यन्त महत्त्वपूर्ण रहेको बताउनु भएको छ। यस पहलले नेपालमा पुनर्निर्माण कार्यलाई दिगो र प्रभावकारी बनाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।

(उहाँसँग भएको कुराकानी हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्)

तपाईको प्रतिक्रिया