भूकम्पको पाठ: सुरक्षित घर निर्माण, जीवनको आधार!

कार्तिक १७, २०८० (नोभेम्बर ३, २०२३) मा जाजरकोटमा भूकम्पले ठूलो क्षति पु¥यायो, जसले १५७ भन्दा बढीको ज्यान लिएको छ र सयौं मानिस घाइते भएका छन्। अहिले पीडितहरू अस्थायी टहरामा बस्न बाध्य छन्, जहाँ उनीहरूले तातो, चिसो, घाम, र वर्षाको चुनौतीको सामना गर्नुपरेको छ। बासिन्दाहरू छिटो पुनर्निर्माणको आशा गरिरहेका छन्, तर यो प्रक्रिया निकै ढिलो भएको उनीहरूको गुनासो छ।
भूकम्पको एक वर्षपछि पनि अस्थायी टहरामा बसोबास :
भूकम्प गएको करिब एक वर्ष बितिसक्दा पनि पुनर्निर्माणमा उल्लेख्य प्रगति भएको छैन। सुरुमा संघीय, प्रदेश र स्थानीय सरकारले उद्धार र राहत कार्यलाई प्रभावकारी रूपमा अघि बढाए पनि दीर्घकालीन पुनर्निर्माण कार्य सुस्त गतिमा छ। अधिकांश परिवारले अस्थायी टहरा बनाउनका लागि पहिलो किस्ता पाएका छन्, तर दोस्रो किस्ता पाउने अवस्था बाँकी छ। अहिले लगभग ७०,००० परिवार अस्थायी टहरामा बसिरहेका छन्।
राउत गाउँका बासिन्दाहरूको अनुभव:
राउत गाउँमा अधिकांश घर भत्किएका छन्, र स्थानीयहरू अझै अस्थायी टहरामा बस्न बाध्य छन्। स्थानीय बासिन्दा कुलपति राउतल्रे २०१८ सालको भूकम्प सम्झिँदै हालको क्षति र मृत्युदर पहिलेभन्दा धेरै भएको बताए। उनले अस्थायी टहराबाट स्थायी घरमा जान ढिलाइ भएकोमा चिन्ता व्यक्त गरे र पुनर्निर्माणको काम छिटो अघि बढाउन सरकारी समर्थनको आवश्यकता रहेको बताएका छन्।
सुरक्षित र बलियो घर निर्माणको आवश्यकता:
राउत गाउँकै नबिन राना मगरले भविष्यका जोखिमहरूलाई कम गर्न बलियो सामग्रीहरू प्रयोग गरी सुरक्षित घर निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। बालुवा, सिमेन्ट र इँटाको प्रयोगले भविष्यमा थप जोखिमहरू सामना गर्न सकिने उनको विश्वास छ।
स्वास्थ्य र सुरक्षासम्बन्धी चुनौतीहरू :
हिरा राउतले अस्थायी टहराहरू साना र असुविधाजनक भएको बताइन्। खासगरी ठूलो परिवारहरूलाई ठाउँको कमी र स्वास्थ्य समस्याहरूले निकै असर गरेको छ। महिलाहरूका लागि यो झन् कठिन भएको र दिगो बसोबासका लागि सरकारी सहयोगको आवश्यकता रहेको उनले भनिन्।
स्थानीय प्रयास र नयाँ निर्माण प्रविधिहरू:
रुकुममा स्थानीय सरकारले नमूना घरहरू बनाइरहेको छ, जसमा इन्टरलकिङ इँटा प्रविधि प्रयोग गरिएको छ। यसले भूकम्प प्रतिरोधी क्षमतामा सुधार ल्याउने विश्वास गरिएको छ। चेपरे गाउँकी सरस्वती जैशीले नयाँ प्रविधिबाट बनेको आफ्नो घरले भविष्यमा जोगाउने विश्वास व्यक्त गरिन्।
सामूहिक प्रयासको आवश्यकता:
जाजरकोट र रुकुमका पीडितहरू सुरक्षित, बलियो र भूकम्प प्रतिरोधी संरचनामा बस्न पाउने आशा गरिरहेका छन्। उनीहरूले सबै तहका सरकारी निकाय र समुदायलाई शीघ्र पुनर्निर्माण प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। सामूहिक प्रयासमार्फत सुरक्षित पुनर्निर्माणको अपेक्षा गरिएको छ, जसले स्थायी रूपमा जीवन सुरक्षित बनाउन ेछ।

भुकम्पले सिकाएको पाठ: सुरक्षित घर, जीवनको भर !!! – YouTube

तपाईको प्रतिक्रिया