मलाई “आई लभ यु” भन्ने पनि छन्, “आई हेट यु” भन्ने पनि : प्रधानमन्त्री ओली

फाइल तस्बिर।

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मन पराउने र मन नपराउने दुवै प्रकारका व्यक्तिहरू भएको बताएका छन्। मंगलबार कांग्रेस नेता सुजाता कोइरालाको आत्मकथा ‘म र सानोबुवा’ को विमोचन कार्यक्रममा बोल्दै उनले भने कि जसले जे भने पनि, आफूले इमान्दारीपूर्वक काम गरिरहेको स्पष्ट गरे।

प्रधानमन्त्री ओलीले भने, “मन पर्ने र नपर्ने कुरा अनौठो हुने रछ। एक थरी मान्छेले मलाई मन पराउँछन् भने अर्काथरी मान्छेले मलाई मन नपराउँछन्। म त भुक्तभोगी नै भएको छु। मलाई ‘आई लभ यु’ भन्ने पनि छन्, ‘आई हेट यु’ भन्ने पनि छन्। यो उनीहरूको अधिकार हो। मैले मेरो काम राम्ररी, इमान्दारीपूर्वक गर्नुपर्छ। को के भन्छ, त्यो उसको कुरा हो।”

यसअघि, आजै ललितपुरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा नगर्न चाहनेहरू सरकारविरुद्ध काम गरिरहेको बताएका थिए।

तपाईको प्रतिक्रिया