महानिर्देशक भन्छन्– एक वर्ष भित्र देखिने गरि खानेपानी तथा सरसरफाइमा उपलब्धी हासिल हुन्छ…

काठमाडौं, हालै इमेज च्यानलको प्रसारित कार्यक्रम “Talk of the Town” मा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ उपस्थित भए। उनले पत्रकार जगदीश खरेलसँग दिगो र सुरक्षित खानेपानी तथा सरसफाई व्यवस्थापनको बारेमा सरकारका प्रयास र आगामी योजनाहरूमा कुरा गरे।

महानिर्देशक रामकुमार श्रेष्ठले सरकारको लक्ष्यलाई स्पष्ट पार्दै भने, “अहिले नेपालमा आधारभूत खानेपानीको पहुँच ९६% रहेको छ, तर सबै संरचनाहरू सञ्चालनमा छैनन्।” उनले भने, “तथ्यांक अनुसार, ७६% संरचनाहरू कार्यात्मक छन्, जबकि पाइप वाटर सिस्टमको पहुँच ५७% मात्र रहेको छ।”

सुरक्षित खानेपानीको पहुँच भने २७% रहेको बताउँदै उनले, “पानीको प्रशोधन केन्द्रहरू अझै काम गर्न नसकेको अवस्था छ।” यसले गर्दा मात्र १९% जनतालाई सुरक्षित खानेपानी उपलब्ध छ। महासचिव श्रेष्ठले सरसफाइको अवस्था पनि रेखांकित गर्दै भने, “खुल्ला दिसामुक्त राष्ट्र घोषणा भएको बेला शौचालयको संख्या मात्र बढाइएको थियो, तर सुरक्षित सरसफाइको स्तर ६१% मात्र छ।”

त्यस्तै, महानिर्देशकले आगामी योजनाबारे जानकारी दिँदै भने, “दुर्गम स्थानहरूमा विशेष ध्यान दिँदै, आगामी वर्षमा सरकारले आधारभूत खानेपानीको पहुँच १००% पुरा गर्ने लक्ष्य राखेको छ।”

कार्यक्रममा उनले खानेपानी र सरसफाइका लागि विभिन्न चर्चा गरे, जसमा बजेट र म्यानपावरको कमी रहेको बताउँदै भने, “यस्ता समस्याहरूलाई समाधान गर्नका लागि तीनै तहको सरकारको समन्वय र सहकार्य आवश्यक छ।”

महानिर्देशक रामकुमार श्रेष्ठले खानेपानीको प्रशोधन केन्द्रहरू विस्तार गर्दै, आगामी योजनामा थप सुधारको आवश्यकता रहेको जानकारी दिए। उनले भने, “सहरी क्षेत्रमा १०० वटा ठूला खानेपानी आयोजना सम्पन्न भएका छन् र लाखौं नागरिकले यसको फाइदा उठाएका छन्।”

उनले अन्त्यमा भने, “अबको एक-दुई वर्षमा यी कार्यकमहरूको प्रतिफल देखिनेछ र ढल व्यवस्थापनका लागि केहि नयाँ प्रविधिहरू पनि लागू हुँदैछन्।”

यस क्रममा, सरकारको आगामी “सफा नेपाल अभियान”को बारेमा पनि जानकारी दिइएको छ।

महासचिव श्रेष्ठले समग्रमा खानेपानी र सरसफाइको क्षेत्रमा सरकारको सुधारात्मक कदमहरूको बारेमा थप व्याख्या गरे र स्थानीय तहको सहकार्यमा समग्र विकासका लागि विभाग सक्रिय रहेको बताए।

तपाईको प्रतिक्रिया