माछा मार्न बिस्फोटक पदार्थ बनाउने क्रममा पड्कँदा एक जनाको मृत्यु

माछा मार्न बिस्फोटक पदार्थ बनाउने क्रममा अचानक पड्कँदा शुक्रबार एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तिनाउ गाउँपालिका–२ का २८ वर्षीय सुरज सोमै रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुनील मल्लले जानकारी दिए।

उनका अनुसार तिनाउ गाउँपालिका–२ बुढाचटकमा माछा मार्न सलाइको काँटीबाट बनाएको बिस्फोटक पदार्थ अचानक पड्कँदा सोमैसहित तीन जना घाइते भएका थिए।

घाइते हुनेमा तिनाउ गाउँपालिका–२ का सुरज सोमै, तिलोत्तमा नगरपालिका–४ का २१ वर्षीय कोसिस भुजेल र २८ वर्षीय कुशल भुजेल थिए।

घाइते तीनै जनालाई बुटवल हस्पिटल प्रालि पठाइएकामा सोमैको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मल्लले बताए।

उपचारका क्रममा रहेका कोसिसको अवस्था चिन्ताजनक रहेको कुशलको अवस्था भने सामान्य रहेको मल्लले बताए। 

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया