मुगुलाई केन्द्रबिन्दु बनाएर ४.४ रिक्टर स्केलको भूकम्प

मुगु — मुगुमा भूकम्प गएको छ । आज बिहान  ८ बजेर ३ मिनेट जाँदा  भएको कम्पन ४.४ रिक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार बिहीबार अपराह्न पनि सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.८ रिक्टर स्केलको कम्पन भएको थियो । यही पुस १६ गते पनि बैतडी केन्द्रबिन्दु भएर ४.६ रिक्टर स्केलको कम्पन भएको थियो ।

तपाईको प्रतिक्रिया