म्यानचेस्टर सिटीले गुमायो ३ गोलको अग्रता

काठमाडौँ — म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार राति फायनउडसँग तीन गोलको अग्रता गुमाउँदै निराशाजनक बराबरीमा चित्त बुझाएको छ । इर्लिङ हालान्डको दुई गोलमा सिटी ५० औं मिनेटसम्म खेलमा ३–० ले अगाडि थियो ।

त्यसपछि फायनउडले तीन गोल फर्काएको हो । डाभिड हान्कोले ८९ औं मिनेटमा फायनउडका लागि तेस्रो बराबरी गोल फर्काए । इन्टर मिलान भने लाइजिगलाई १–० ले पराजित गर्दै अंक तालिकाको शीर्षमा उक्लेको छ ।

कास्टेलो लुकेबको आत्मघाती गोलले इन्टर विजयी रहेको हो र उसका पाँच खेलबाट १३ अंक भएको छ । बार्सिलोना १२ अंकमा दोस्रो स्थानमा छ र उसले भन ब्रेस्टलाई ३–० ले पराजित गर्‍यो । त्यसमा रोबर्ट लेवनडोस्कीले दुई गोल गरे ।

दिनको सबैभन्दा ठूलो खेलमा बायर्न म्युनिकले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले हरायो । किम मिन–जाएले एक मात्र निर्णायक गोल गरे । हारले पीएसजीको नकआउट चरणमा प्रवेशको सम्भावना निकै कमजोर भएको छ ।

अन्य खेलमा बायर लेभरकुजनले आरबी लाइपजिगलाई ५–०, आर्सनलले स्पोर्टिङ लिस्वनलाई ५–१, एटलान्टाले योङ ब्वाइजलाई ६–१, एसी मिलानले स्लोभान ब्राटिस्लाभालाई ३–२ तथा एटलेटिको म्याड्रिडले स्पार्टक प्रागलाई ६–० ले हरायो ।

तपाईको प्रतिक्रिया