म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गयो

काठमाडौं: म्यानमारमा गएको शक्तिशाली भूकम्पसँगै नेपाली समुदायको अवस्थाबारे कुनै अप्रिय सूचना प्राप्त नभएको नेपाली राजदूत हरिषचन्द्र घिमिरेले जानकारी दिएका छन्।

शुक्रबार म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो, जसको धक्का थाइल्यान्डको राजधानी बैंककसम्म महसुस गरिएको थियो।

म्यानमारका लागि नेपाली राजदूत घिमिरेले भूकम्पले एक मिनेटसम्म हल्लाएको बताएका छन्। उनले भने, “भूकम्पले केही स्थानमा पुल र सडक भत्काएको छ। सामाजिक सञ्जालहरूमा घरहरू भत्केका तस्बिरहरू पनि देखिएका छन्। तर, दूतावासमा कुनै क्षति भएको छैन र यहाँ रहेका नेपालीहरूको बारेमा पनि कुनै अप्रिय सूचना प्राप्त भएको छैन।”

राजदूत घिमिरेका अनुसार, म्यानमारमा डेढ लाखभन्दा बढी नेपाली भाषीहरूको बसोबास रहेको छ।

तपाईको प्रतिक्रिया