‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भनेंको अभिव्यक्तिप्रति घिमिरेले क्षमायाचना मागे

काठमाडौँ — नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेपालमा यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने अभिव्यक्तिप्रति क्षमा याचना गरेका छन्। उनले बुधवारको प्रतिनिधिसभा बैठकमा आफ्नो अभिव्यक्तिले पर्न गएको नकारात्मक प्रभावप्रति क्षमायाचना व्यक्त गरे।

घिमिरेले चैत ३ गतेको प्रतिनिधिसभा बैठकमा यौन व्यवसाय खुला गर्नुपर्ने भनाइ राखेका थिए। उक्त अभिव्यक्तिप्रति बुधबारको बैठकमा घिमिरेले सो धारणा पार्टी र संसदीय दलको आधिकारिक धारणा नभएको पनि स्पष्ट पारे।

उनले भने, “चैत ३ गतेको विशेष समयमा मैले व्यक्त गरेको धारणा संसद्को हैसियतमा भएको हो, तर यो धारणा पार्टी र कांग्रेस संसदीय दलको आधिकारिक धारणा होइन। यदि यी विचारहरूले संसदका सदस्यहरू र अन्य जनसमुदायमा नकारात्मक प्रभाव पारेको छ भने, म सबैको सम्मान गर्दै उहाँहरूलाई क्षमा याचना गर्न चाहन्छु।”

तपाईको प्रतिक्रिया