रवि लामिछानेलाई १३ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति

जिल्ला अदालत कास्कीले गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई थप १३ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ।

न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेसहित गोरखा मिडिया नेटवर्कका पूर्व उपाध्यक्ष छविलाल जोशी, गिबी एन्ड ग्रुपकी कर्मचारी गीता पछाई र नेचर हर्ब्स इन्टरनेसनलका सञ्चालक रामबहादुर खनाललाई सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा राख्न आदेश दिएको हो।

लामिछानेलाई चौथोपटक म्याद थप गरिएको हो, र उनीहरूविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धान जारी छ।

तपाईको प्रतिक्रिया