रवि लामिछाने पार्टी सभापतिमा फर्किए

काठमाडौँ — रवि लामिछाने रास्वपा सभापतिको जिम्मेवारीमा पुनः फर्किएका छन्। कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार सोमबारको बैठक लामिछानेको सभापतित्वमा बस्नेछ।

झाका अनुसार सोमबार दुईवटा केन्द्रीय समितिको बैठक एकपछि अर्को गरी निरन्तर बस्नेछन्। पहिलो बैठकमा कार्यवाहक सभापतिबाट धन्यवाद ज्ञापन गरिनेछ र त्यसपछि पार्टी सभापतिको सभापतित्वमा दोस्रो बैठक बस्नेछ।

पहिलो बैठकको समापन पछि दोस्रो बैठक पार्टी सभापतिको सभापतित्वमा सञ्चालन हुनेछ। यस बैठकमा पार्टी र सदनको गतिविधि र सदस्यहरूको संक्षिप्त रिपोर्टिङ हुनेछ। यसबाहेक बैठकमा पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण, बहस, र आगामी अधिवेशन/महाधिवेशन कार्यतालिकाबारे पनि छलफल गरिने छ।

रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अभियोग पत्र दर्ता भएपछि, गत पुस ८ गते उनले पार्टीको कार्यवाहक सभापति अर्याललाई आफ्नो जिम्मेवारी हस्तान्तरण गर्ने पत्र पठाएका थिए। उक्त प्रस्ताव पार्टी सचिवालय बैठकले अनुमोदन गरेको थियो।

तपाईको प्रतिक्रिया