राप्रपाका वरिष्ठ नेता दीपक बोहोरा स्वर्गवास

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराको निधन भएको छ। लामो समयदेखि अस्वस्थ उनकाे मंगलबार राजधानीको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले पुष्टि गरेका छन्।

रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका दीपक बोहरा पूर्वमन्त्री समेत थिए। घाँटीको समस्याबाट पीडित उनले निर्वाचनको दौरानमा एकपटक पनि चुनावी सभामा सम्बोधन गरेका थिएनन्। उनको प्रतिस्पर्धी तत्कालीन बहालवाला गृहमन्त्री बालकृष्ण खाण थिए।

तपाईको प्रतिक्रिया