राप्रपाको प्रदर्शनलाई संयुक्त जनआन्दोलन समितिको समर्थन

काठमाडौं। नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी प्रदर्शनलाई समर्थन गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २६ गते काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन आयोजना गर्ने निर्णय गरेको छ। संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले एक विज्ञप्ति जारी गर्दै उक्त प्रदर्शन र बृहत् आमसभामा साथ र समर्थन जनाउने कुरा बताएका छन्।

गुरुङले सबै राष्ट्रवादी र देशभक्त नागरिकलाई उक्त कार्यक्रममा राष्ट्रिय झण्डासहित शान्तिपूर्ण र सक्रिय रूपमा सहभागी हुन आह्वान गरेका छन्।

तपाईको प्रतिक्रिया