राप्रपा अध्यक्ष लिङ्देन र सांसद शाही प्रहरी नियन्त्रणमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीलाई प्रहरीले सिंहदरबार गेटभित्रबाट नियन्त्रणमा लिएको छ।

शाहीले नाराबाजी गरेपछि दुवै नेतालाई प्रहरीले सवारी साधनमा राखी तत्कालै त्यहाँबाट लगेको हो।

प्रदर्शनमा सहभागी हुनुअघि राप्रपाका सांसदहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका थिए। उनीहरूले निषेधित क्षेत्रतर्फ अघि बढ्ने कार्यक्रम तय गरेपछि प्रहरीले निगरानी बढाएको थियो।

कार्यालयबाट बाहिरिने क्रममा अध्यक्ष लिङ्देनले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया पनि दिएका थिए।

त्यसैगरी, राप्रपाका कार्यकर्ताहरू बानेश्वरस्थित निषेधित क्षेत्र नजिकै प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले प्रहरीद्वारा राखिएको अवरोध हटाउने प्रयास गरेको दृश्य पनि देखिएको छ।

तपाईको प्रतिक्रिया