राष्ट्रपति पौडेलले गरे संसद्को हिउँदे अधिवेशन अन्त्य

फाइल तस्बिर।

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको सिफारिसमा संसदको हिउँदे अधिवेशन अन्त्य गरेका छन्। नेपालका संविधानको धारा ९३ को उपधारा (२) बमोजिम, राष्ट्रपति पौडेलले २०८१ सालको चैत १९ गते मङ्गलबार राति १२ बजेदेखि संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको घोषणा गरेका छन्। यस विषयमा राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

सोमबारको मन्त्रिपरिषद्को बैठकले चैत १९ गते राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। संविधानको धारा ९३ अनुसार, संसदको अधिवेशनको आह्वान र अन्त्य गर्ने जिम्मेवारी राष्ट्रपति समक्ष रहेको छ र यस प्रक्रिया मन्त्रालयको सिफारिसमा पूरा हुन्छ।

पाँचवटा अध्यादेश दुवै सदनबाट पारित भएपछि हिउँदे अधिवेशनको समापन भएको हो। अब सरकारले आगामी बर्खे अधिवेशनको तयारी गर्नेछ, जसमा पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिनेछ।

तपाईको प्रतिक्रिया