ललितपुरको वायु खतराको स्तरमा, एक्यूआई ३०० नाघ्यो

काठमाडौं। ललितपुरको भैँसेपाटीको वायु गुणस्तर खतराको स्तरमा पुगेको छ। आइतबार दिउँसो २:३० बजेतिर भैँसेपाटीको वायु गुणस्तर मापदण्ड (एक्यूआई) ३६९ मा पुगेको जानकारी प्राप्त भएको छ। वातावरण विभागका अनुसार, सोमबार दिउँसो २:३० बजेतिर भैँसेपाटीको वायु खतराको स्तरमा रह्यो।

काठमाडौं उपत्यकाका अन्य स्थानहरूमा पनि वायु अस्वस्थकर छ। काठमाडौंको शंखपार्कको एक्यूआई १६९, रत्नपार्कको १५४ र ललितपुरको खुमलटामारको एक्यूआई १६२ मापन गरिएको छ। यी स्थानहरू बाहेक अन्य सहरको एक्यूआई १५० भन्दा कम रहेको छ।

एक्यूआई १०१ देखि १५० का बीचमा वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरूका लागि अस्वस्थकर हुन्छ। यदि एक्यूआई १५१ देखि २०० सम्म पुगे भने सबैका लागि अस्वस्थकर मानिन्छ।

यसैगरी, २०१ देखि ३०० सम्मको एक्यूआईलाई ‘अति अस्वस्थकर’ र ३०० भन्दा माथिको स्तरलाई ‘खतरनाक’ मापदण्ड अन्तर्गत राखिएको छ, जुन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को निर्देशनअनुसार हो।

तपाईको प्रतिक्रिया