लोकतन्त्र र गणतन्त्र कसैले ‘बक्सिस’ दिएको होइन : अध्यक्ष केसी

काठमाडौं: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रका पक्षधरहरु बीचको मतभेदको कारण प्रतिगामी तत्वहरु सक्रिय भएको बताएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै अध्यक्ष केसीले व्यवस्थाको रक्षाका लागि नेतृत्व गरिरहेका नेताहरुले आफ्ना गलतिहरु सुधार्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभएको हो। उहाँले भने, “गणतन्त्र र लोकतन्त्र कसैले बक्सिस दिएर प्राप्त गरेका होइनन्।”

अध्यक्ष केसीले गणतन्त्रवादी दलहरुले आफ्ना कमजोरीहरु स्विकार्दै आत्मआलोचना गर्नुपर्ने र देश र जनताको अगाडि निर्भिक भएर समर्पण गर्नुपर्ने पनि जोड दिनुभयो।

उहाँले थप्नुभयो, “तीनकुने घटनाबाट पाठ सिकेर, गणतन्त्रवादी दलहरु अब अघि बढ्नुपर्ने समय आएको छ।”

तपाईको प्रतिक्रिया