विपद् जोखिम न्यूनीकरणका लागि सबैको सहयोग अपरिहार्य: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका १३ मा प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौंमा रहेको आपतकालीन गोदामघरलाई केन्द्रीय गोदामघरको रूपमा विकास गर्ने सरकारी योजना बारे जानकारी दिए।

उनले वैदेशिक सहयोगबाट प्राप्त सामग्री र सरकारी खरिद गरेर प्रदेशका आपतकालीन गोदामघरमा आवश्यक विपद सामग्री उपलब्ध गराइने बताए।

सरकारले प्रदेशलाई हस्तान्तरण गरेका आपतकालीन गोदामघरको रेखदेख अब प्रदेश सरकारको जिम्मेवारीमा पर्ने गृहमन्त्री लेखकको भनाइ थियो। उनले विपदको समयमा प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न मातहतका निकायलाई निर्देशन दिए।

यस क्रममा गृहमन्त्री लेखकले प्रादेशिक आपतकालीन गोदामघर मुख्यमन्त्री कमल बहादुर शाहलाई हस्तान्तरण गरे।

तपाईको प्रतिक्रिया