वुमन्स डे टी–२० सिरिजमा नेपाल आज हङकङसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं — युगान्डामा जारी वुमन्स डे कप टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपाल महिला क्रिकेट टिम आज हङकङविरुद्ध मैदान उत्रिँदैछ। खेल नेपाली समय अनुसार दिउँसो ४:४५ बजे एन्टेब्बे क्रिकेट ओभलमा सुरु हुने तय भएको छ।

यसअघिको खेलमा नेपालले युगान्डालाई १ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित हासिल गरेको थियो। युगान्डाले दिएको ७६ रनको लक्ष्य नेपालले १९ ओभर पाँच बलमै ९ विकेट गुमाएर पूरा गरेको हो।

प्रतियोगितामा नेपालले पहिलो खेलमा नामिबियासँग पराजय व्यहोरेको थियो।

चार देश सहभागी यस प्रतियोगिता डबल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुँदैछ, जसमा शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्।

नेपालले यो सिरिजलाई सन् २०२६ मा हुने महिला टी–२० विश्वकपको तयारीको रूपमा लिएको छ। विश्वकपको एसिया क्षेत्रीय छनोट प्रतियोगिता आगामी मे महिनामा आयोजना हुने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया