शीतल निवासमा प्रधानमन्त्री ओली, मुलुकको विकास र समृद्धिमा तदारुकता देखाउन राष्ट्रपतिको आग्रह

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले दिगो शान्ति, सुशासन, सामाजिक न्याय, र समता आधारित समाज निर्माणमा नेपाल सरकारको तदारुकता आवश्यक रहेको बताएका छन्। आइतबार शीतल निवासमा नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले मुलुकको विकास र समृद्धिको उद्देश्य प्राप्त गर्न दिगो शान्ति, सुशासन, सामाजिक न्याय र समतामूलक समाज निर्माणमा सरकारको सक्रियता महत्वपूर्ण रहेको बताएका हुन्।

उनले मुलुकमा उपलब्ध स्रोत साधनको प्रभावकारी उपयोग गर्दै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वहरूको कार्यान्वयनमार्फत मात्र दिगो विकास सम्भव हुने बताएका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको मूल भावना र राज्यका निर्देशक सिद्धान्त तथा संवैधानिक व्यवस्थालाई पालन गर्दै सरकारले काम गर्नुपर्ने आवश्यकता बताइन्।

उनले आगामी दिनमा संविधानका मर्म र भावनाअनुसारका कार्यहरू क्रमिक र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार अझ सक्रिय र क्रियाशील रहने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै जनतालाई राजनीतिक परिवर्तनको वास्तविक अनुभूति दिलाउन सरकार गम्भीर रहेको बताए।

उनले मुलुकको आर्थिक अवस्थामा देखा परेको असहज परिस्थितिलाई कम गर्न सरकारले केहि प्रयासहरू गरेको र केही उपलब्धिहरू पनि हासिल भएको उल्लेख गरे। सरकारको नीतिका कारण विद्यार्थीहरूलाई समयमा पाठ्यपुस्तक उपलब्ध गराउन, किसानलाई मल उपलब्ध गराउन र मलको अभाव हुन नदिन पर्याप्त बजेट छुट्याउन सफल भएको उनले बताए।

प्रधानमन्त्री ओलीले नागरिक एपमार्फत विभिन्न सेवाहरू प्रदान गरिएको, नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र जस्ता कामका लागि घन्टौं लाइन बस्नुपर्ने समस्या अन्त्य गरिएको र मिटरव्याज समस्यालाई दीर्घकालीन समाधान गर्न पहलकदमी लिइएको जानकारी दिए। उनले देशभित्र लगानी वृद्धि, समृद्धि, सुशासन र सामाजिक न्यायका लक्ष्य प्राप्त गर्न सरकार थप मेहनतका साथ अघि बढिरहेको बताएका छन्।

तपाईको प्रतिक्रिया