संविधानको मौलिक हक– स्वच्छ खानेपानी र सरसफाइः सरकार तथा राजनीतिक दलको प्रतिबद्धता यस्तो छ…

इमेज टेलिभिजनमा प्रशारण भएको कार्यक्रम टक अफ द टाउनमा पत्रकार जगदीश खरेलसँग कुरा गर्दै खानेपानी मन्त्री प्रदीप यादवले सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता (वास) सेवालाई राष्ट्रिय प्राथमिकताका रूपमा राख्न आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्।

खानेपानी मन्त्रालयले आयोजना गरेको ‘समावेशी, जलवायु–उत्थानशील र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सेवाको प्रगतिका लागि राजनीतिक प्रतिबद्धता’ विषयक कार्यक्रमको अवसरमा मन्त्री यादवले उक्त धारणा व्यक्त गरे।

मन्त्री यादवले भने, “वास सेवाको सशक्तीकरणका लागि सबैभन्दा पहिले आफ्नै पार्टीको केन्द्रीयस्तरबाट यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै, यसलाई सरकारको राष्ट्रिय प्राथमिकतामा समावेश गर्न पहल गर्नेछु।”

कार्यक्रममा कर्णाली प्रदेशकी खानेपानी मन्त्री विजया बुढा, संघीय खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्य, सहसचिव मीना श्रेष्ठ, खानेपानी र ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, सातवटै प्रदेशका सचिवहरू, उपमहानिर्देशक रामचन्द्र काफ्लेसहित अन्य प्रमुख अधिकारीहरूको उपस्थिति थियो।

कार्यक्रमको पूरा भिडियो यहाँ उपलब्ध छ ।

तपाईको प्रतिक्रिया