सत्ता गठबन्धनले समानुपातिक समावेशी व्यवस्था हटाउने प्रयास गर्दैछ: नेता यादव

काठमाडौँ — नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले सत्ता गठबन्धनले समानुपातिक समावेशी व्यवस्था हटाउने प्रयास गरेको आरोप लगाएका छन्।

समाजवादी मोर्चाले शुक्रबार काठमाडौँमा आयोजित सभामा उनले संविधान संशोधन सहमतिको आधारमा गर्नुपर्नेमा जोड दिए। यादवले भने, “अहिले सरकार समानुपातिक समावेशी व्यवस्थालाई हटाउने प्रयास गर्दैछ। यदि एउटा घर भत्कियो भने संविधान अपूर्ण हुनेछ। देशलाई समाजवादतर्फ अगाडि बढाउनु छ र नेपाली जनतालाई सम्पन्नतामा पुर्‍याउनु छ।”

संविधान संशोधनका लागि के के विषय राख्ने भन्ने कुरा सरकारको ध्यानमा नरहेको उनले उल्लेख गरे। उनले सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउनका लागि आग्रह पनि गरे।

यादवले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर सार्वजनिक जीवनमा आउनका लागि चेतावनी दिएका छन्। “पार्टी खोलेर पूर्वराजा आउनुहोस्। प्रतिगामी शक्तिहरू संविधानमाथि हमला गरिरहेका छन्,” उनले भने।

तपाईको प्रतिक्रिया