सभापति देउवाको : चाडपर्वले सामाजिक सदभाव र संस्कृति बढाएको छ

फाइल तस्बिर।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले धर्म, संस्कृति, रीतिरिवाज र सामाजिक सदभावलाई प्रवर्द्धन गरेको बताएका छन्। उनले सबैलाई चाडपर्वको संरक्षणमा ध्यान दिन आग्रह गर्दै तामाङ समुदायको ‘सोनाम ल्होसार’ (नयाँ वर्ष) को अवसरमा सबैलाई सुस्वास्थ्य, दीर्घायु र निरन्तर प्रगतिको शुभकामना दिएका छन्।

देउवाले हाम्रो समाजमा विविधता भएको र यसमा गर्व गर्न योग्य धार्मिक र सांस्कृतिक परम्परा रहेका बताएका छन्। उनले विश्वास व्यक्त गर्दै भने कि यस्तो पर्वले मुलुकमा शान्ति, सदभाव र समृद्धि ल्याउन प्रेरणा दिनेछ। उनले पर्व मनाउने सबैलाई शुभकामना व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया